2026-08-31 05:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चितवनका होटल र यातायात व्यवसायीद्वारा व्यवसाय सञ्चालनको माग

भदौ २९, भरतपुर । चितवनका होटल र यातायात व्यवसायीले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । लकडाउन र निषेधाज्ञाले व्यवसाय धरापमा पर्न गएको  जनाउँदै उनीहरुले सञ्चालनको माग गरेका हुन्  । उनीहरुले यहाँका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइलाई  ज्ञापनपत्र बुझाउँदै बाँच्ने आधार तय गरिदिन अनरोध गरे ।

यातायात व्यवसायीले अगामी असोज १ गतेदेखि लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन ।  उनीहरुले प्रशासनले स्वीकृति नदिए स्वतःस्फुर्त यातायता सञ्चालन गर्ने बताएका छन ।

गत चैत ११ गतेदेखि  सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञालाई यातायात व्यवसायीले कडाइका साथ पालना गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “यातायात व्यवसाय ठप्प हुँदा व्यवसायीसंगै मजदुरको दैनिकी कष्ठकर बन्न थालेको छ, ६ महिनादेखि रोजिरोटी खोसिएको छ ।” उहाँका जिल्लामा ७० हजार भन्दा बढी यातायात व्यवसायमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएको छन् ।  पुरानो नारायणी यातायात प्रालिका कार्यालय प्रमुख शंकर गिरीले सुरक्षाका उपायहरु अवलम्बन गरेर यातायात व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्नुभयो । उहाँले व्यवसाय धरापमा पर्न गएको अवस्थामा बैंकको किस्ता लगायतका तनाब व्यवसायीले झेल्नु परेको बताउनुभयो । कोरोना भन्दापनि आर्थिक कारणले मानिसको ज्यान जाने खतरा बढेको उहाँको भनाई छ ।

यस्तै भरतपुर मलमल यातायात प्रालिका अध्यक्ष चिनी बहादुर बोहोराले व्यवसाय सञ्चालन नहुँदा यातायातका साधनमा खिया लाग्ने अवस्था आएका बताउनुभयो । उहाँले स्थानिय स्तरमा प्रशासनले समन्वय गरेर यातायात सञ्चालनको वातावरण बनाइदिनुपर्ने उल्लेख गर्नुभयो । प्रजिअ भट्टराइले जिल्लामा कोरोनाका सङ्क्रमित झन् बढ्दै गएकाले यथास्थितिमा सार्वजनिक सवारीसाधन सञ्चालन सम्भव नभएको बताउनुभयो । उहाँले भन्नुभयो,“यातायात नचल्दा धेरैलाई समस्या भएको छ भन्ने मैले बुझेको छु तर तत्काल सञ्चालनमा ल्याउँदा सङ्क्रमण फैलने खतरा छ ।” यतायात व्यवसायीहरुले प्रशासन कार्यालयले जारी गरेको पास दुरुपयोग गरी नीजि सवारीसाधनले समेत यात्रुहरुले ओसार पसार गरेको आरोप समेत लगाएका छन ।  यस्तै व्यवसायीले नेपाल राष्ट्रबैकद्वारा जारी गरिएको कोभिड १९ प्रभावित उद्योग,पर्यटन,यातायात र कृषि व्यवसायलाई पुनरकर्जा र कर्जा सहजीकरण तालिका लागु गर्नुपर्ने व्यवस्थालाई स्थायिन रुपमा लागु नभएको जनाउँदै पहल गरिदिन समेत प्रशासनसँग माग गरेका थिए । 

होटल सञ्चालनको माग

होटल व्यवसायीले सञ्चालनको माग गर्दै  प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन । होटल व्यवसायी संघ चितवनकी अध्यक्ष शर्मिला न्यौपानेले प्रजिअ नारायण प्रसाद भट्टाइलाई ज्ञापनपत्र बुझाइ होटल सञ्चालनको माग गर्नुभयो । घरभाडा, बैंक व्याज र मजदुर व्यवस्थापनको समस्या जटिल बन्दै गएकाले व्यवसाय तत्काल सञ्चालन गर्न पाउनुपर्ने संघको माग छ । लकडाउन र निषेधाज्ञाले सबैभन्दा धेरै समस्या होटल व्यवसाय परेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धेरै होटलहरु भाडामा सञ्चालित छन, भाडा तिर्न घरबेटीको निरन्तर दबाब झेलिरहनुपरेको  छ ।” 

नेपाल होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष इमान्दु बरालले स्वास्थ्य सावधानी अपनाएर होटल व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्नुभयो । संघका जिल्ला उपाध्यक्ष कृष्ण भट्टले होटल व्यवसाय सञ्चालन भइसकेपछि पनि ग्राहकहरु आउन समय लाग्ने भएकाले क्रमशः खुल्ला गर्दै जानुपर्ने बताउनुभयो । सो अवसरमा प्रजिअ भट्टराइले  उहाँले परिस्थितिलाई क्रमशः सहज बनाइदै लगिने जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग