2026-10-23 07:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडक डिभिजन कार्यालय हेटौडाले २१ निर्माण कम्पनीसँगको ठेक्का तोड्यो, कालो सूचिमा राख्‍ने तयारी

असोज ८,मकवानपुर ।

समयमै काम सम्पन्न नगर्ने मकवानपुर,पर्सा,बारा,रौतहट र काठमाडौंका २१ वटा निर्माण कम्पनीसित भएको ठेक्का सडक डिभिजन कार्यालय हेटौडाले तोडेको छ।साथै ती कम्पनीहरुलाई कालो सुचिमा राख्ने प्रक्रिया समेत अघि बढाएको छ।सडक डिभिजनसित भएको सम्झौता बमोजिम सम्झौताको म्याद समाप्त भएको लामो समयसम्म पनि काम सम्पन्न नगर्ने तथा पटक पटक ताकेता गर्दा पनि काम नगरेको हुदा ती निर्माण कम्पनीहरुसित भएको ठेक्का सम्झौता रद गरिएको डिभिजन कार्यालयले जनाएको छ।

उनीहरुसित सार्बजनिक खरिद ऐन २०६३ को दफा ५९ को उपदफा २ (क) र ७ बमोजिम ठेक्का सम्झौता रद गरि सोही ऐन अनुसार बैंक जमानत जफत गरि बाँकी कामको रकम सरकारी बाँकी सरह असुल गर्ने र कालोसुचिमा राख्ने प्रक्रिया अघि बढाउने निर्णय गरिएको डिभिजन प्रमुख योगेश सुमनले जानकारी दिए।

ठेक्का तोडदै कालो सुचिमा राख्ने निर्माण कम्पनी मध्ये पर्सा वीरगञ्जको आशिया कन्स्ट्रक्सन,अभय कन्स्ट्रक्सन,भेडियारीको शिव निर्माण सेवा,र्सिसियाको सौरभ कन्स्ट्रक्सन,बहुअरीको सरस्वती निर्माण सेवा,मुर्लीको सोनु कन्स्ट्रक्सन गरि ६ निर्माण कम्पनीहरु रहेका छन्।

बारा कलैयाको नन्दनी कन्स्ट्रक्सन,जन जागृति कन्स्ट्रक्सन,बघवनको बिशाल कन्स्ट्रक्सन गरि ३ कम्पनीहरुसित तथा रौतहट पिपरियाको सरस्वती कन्स्ट्रक्सन र काठमाडौंको नवयुग निर्माण सेवा सित डिभिजन कार्यालयले ठेक्का तोडेको हो।यसैगरि मकवानपुरको आरएस निर्माण सेवा, जिपिबी कन्स्ट्रक्सन हेटौंडा, शर्मिला निर्माण सेवा वसामाडी, हेटौंडा कन्स्ट्रक्सन, बि ब्रदर्स निर्माण सेवा हेटौंडा, विनायक कन्स्ट्रक्सन हेटौंडा, दामुचन्द्रमाला कन्स्ट्रक्सनसित पनि डिभिजनले गरेको ठेक्का तोडेर कालो सुचीमा राख्ने निर्णय गरेको छ।

०६६ चैतमा बिभिन्न सडक निर्माण र मर्मत ठेक्काको सम्झौता गरेका ती निर्माण कम्पनीहरुलाई राष्ट्रिय पत्रिकामार्फत सम्पर्कमा आउन तथा निर्माण सम्पन्न गर्न अनुरोध गरिएपनि उनीहरुले म्याद समाप्त भएको लामो समयदेखि कार्य सम्पन्न नगरेकोले ठेक्का तोडेर कालो सुचिमा राख्ने निर्णय गरिएको डिभिजन प्रमुख सुमनले बताए।समयमै तथा म्याद समाप्त भएको लामो समयसम्म काम नगर्ने अन्य केही निर्माण कम्पनीहरुलाई कारवाही गर्ने तयारी भइरहेको डिभिजन कार्यालय हेटौडाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने