2026-09-08 02:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भैँसे–भीमफेदी सडकखण्डलाई राष्ट्रिय प्राथमिकताको योजनामा छनोट गर्न प्रस्ताव

असोज १८, मकवानपुर | वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मदन भण्डारीमार्गअन्तर्गत भैँसेबाट भीमफेदी सडकखण्डलाई राष्ट्रिय प्राथमिकताको योजनामा छनोट गर्न प्रस्ताव गरेको छ । त्रिभुवन राजपथको भैँसेबाट भीमफेदीमा निर्माण हुने प्रस्तावित सुरुङमार्गको मुखसम्मको सडकलाई मन्त्रिस्तरीय निर्णय गरेर राष्ट्रिय प्रथमिकताको योजनामा छनोट गर्न मुख्यमन्त्री कार्यालयमा प्रस्ताव पठाएको वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिनुभयो । उक्त सडकखण्ड सुरुङमार्गकै एउटा खण्ड रहेको र सोहीअनुरुप सडकको विस्तार थालिसकिएको उहाँले बताउनुभयो ।

उहाँले सुरुङमार्ग निर्माणको काम तत्काल शुरु गरिने जानकारी दिनुभयो । सुरुङमार्ग निर्माणका लागि विभिन्न देशका १२ वटा कम्पनीले परामर्शदाताको रूपमा काम गर्न इच्छाएर प्रस्ताव प्रस्तुत गरेको जानकारी दिँदै मन्त्री फुँयालले परामर्शदाताको छनोटलगत्तै सुरुङमार्गको निर्माणका लागि बोलपत्र आह्वान गरिने बताउनुभयो । 

रासससँग कुरा गर्दै मन्त्री फँुयालले मदन भण्डारीमार्गअन्तर्गत मकवानपुरको भैँसेबाट भीमफेदी–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौँ बल्खुसम्मको ६५ किलोमिटर सडक विस्तारको काम द्रुतगतिमा भइरहेको बताउनुभयो । उहाँले सोहीमार्गअन्तर्गत रु ५० करोड लागतमा भैँसेबाट भीमफेदीसम्मको सडक स्तरीकरण गर्ने कार्य प्रारम्भ भइसकेको जानकारी दिनुभयो । सुरुङ निर्माणको काममा गति पैदा भएको भन्दै मन्त्री फुयालले चालू आर्थिक वर्षको अन्त्यसम्ममा जनताले प्रत्यक्ष अनुभूत गर्ने अवस्थामा पुर्याउने दाबी गर्नुभयो ।

वाग्मती प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको सुरुङमार्ग निर्माणमा सहकार्य गर्न सङ्घीय सरकारले समेत कार्यदल गठन गरेको छ । भैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदलले एक महिनाभित्र प्राविधिक, आर्थिक र कानूनी पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्नुपर्ने छ ।

पोष्टबहादुर सुरुङमार्ग निर्माणका लागि रु १८ अर्ब सात करोड खर्च हुने अनुमान गरिएको छ । तीनवटा पुलसहित दुई सुरुङ जोड्ने एप्रोच सडक निर्माण गरिने जनाइएको छ । सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदनअनुसार तीन दशमलव २१ किलोमिटर लामा, १५ र सात मिटर फराकिला दुईवटा सुरुङ निर्माण गरिने छ । सरकारले सुरुङमार्गलाई निजगढ–काठमाडौँ द्रुतमार्गसँग समेत जोड्ने योजना अघि सारेको छ । त्यसो गर्नसके हेटौँडा–काठमाडौँको दूरी ५२ किलोमिटरमा छोटिने बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता