2026-08-31 05:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चितवन जिल्लामा १ लाख ८ हजार ५७० परिवार कृषि पेशामा आवद्ध

असोज २६, चितवन। जिल्लामा एक लाख आठ हजार ५७० परिवार कृषि पेशामा आवद्ध रहेको एक तथ्याङ्क सार्वजनिक गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जिल्लामा गरेको सर्वेक्षण तथ्याङ्कले व्यावसायिक कृषि पेशा गर्ने परिवारको सङ्ख्या दुई हजार १५४ र गैर व्यावसायिक कृषि कार्यमा संलङ्न एक लाख चार हजार ६४६ परिवार रहेका छन् । उनीहरुले ३९ हजार आठ हेक्टरमा खेती गर्दै आएका छन् ।

मन्त्रालयले यहाँ सार्वजनिक गरेको तथ्याङ्कका आधारमा एक हजार ९६७ हेक्टर जमिनमा व्यावसायिक र ३७ हजार ४१ हेक्टर जमिनमा गैर व्यवसायिक कृषि कार्यमा प्रयोग भएको पाइएको छ । सर्वेक्षण अनुसारप्रति किसान परिवार शुन्य दशमलव ३६ हेक्टर क्षेत्रफलमा खेती गरेको देखिन्छ ।

जिल्लामा ६६ प्रतिशत परिवारले आफ्नै जग्गामा खेती गर्ने गरेको पाइन्छ । अन्यले व्यावसायिक कृषिखेतीका लागि जग्गा भाडामा लिएर खेती गर्ने गरेको सो अवसरमा जानकारी दिइएको थियो । कृषि भूमिमध्ये ३० हजार ६०३ हेक्टर क्षेत्रफलमा अस्थायी बाली र एक हजार ७८४ हेक्टरमा स्थायी बाली लगाइएको छ । 

जहाँ एक लाख ५६ हजार ३५९ स्थायी मजदूर र अस्थायी तथा पर्ममा लगाइएका मजदूर क्रमशः २५ लाख ४२ हजार ८४४ र चार लाख ५५ हजार ६६६ जना रहेको सो अवसरमा जानकारी दिइएको थियो । यहाँको मुख्य अस्थायी बालीमा धान, मकै, गहुँ, तोरी, आलु र कोदो लगाइँदै आएको छ । धानखेती २७ हजार तीन सय सात दशमलब छ हेक्टरमा लगाइँदै आएको छ । जसमा एक लाख १५ हजार ७१४ मेट्रिक टन उत्पादन हुँदै आएको छ । धानखेती ६८ हजार २३९ परिवारले गर्दै आएको मन्त्रालयले सार्वजनीक गरेको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै ७० हजार ६९२ किसान परिवारले १८ हजार ६३२ दशमलब छ हेक्टर क्षेत्रफलमा मकैखेती गर्दै आएका छन् । उनीहरुले ६८ हजार ९२० मेट्रिक टन मकै उत्पादन गरेको जनाइएको छ । सर्वेक्षणका क्रममा जिल्लामा केरा र आँपलाई स्थायी बालीका रुपमा लगाउने गरेको मन्त्रालयकी वरिष्ठ बाली विकास अधिकृत पद्मा रेग्मीले जानकारी दिनुभयो । 

एघार हजार १५८ किसान परिवारले एक हजार ४७० हेक्टर क्षेत्रफलमा केरा खेती गर्दै आएको उहाँले जानकारी दिनुभयो । केरा ६९ हजार ८८२ दशमलव पाँच मेट्रिक टन उत्पादन गर्दै आएका छन् । यस्तै ८७ दशमलव सात हेक्टर क्षेत्रफलमा आँप खेती गरी दुई हजार ६१५ मेट्रिक टन उत्पादन गर्दै आएको छ ।

मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीका अनुसार धान र मकै बालीमा क्रमशः ९५ र ८६ प्रतिशत रासायनिक मलको प्रयोग गर्ने गरेको सर्वेक्षणका क्रममा भेटिएको छ । महिलाको नाममा कृषि जग्गा भएका किसानको सङ्ख्या ४० प्रतिशत रहेको सो अवसरमा जानकारी दिइएको थियो । सर्वेक्षणका क्रममा जिल्लामा गाई र कुखुरापालन गर्ने किसानको सङ्ख्या बढ्दो क्रममा रहेको छ ।

कृषि क्षेत्रमा लागेका २० प्रतिशत किसानले मात्र बाली बीमा तथा पशुपक्षी बीमा गरेको पाइएको रेग्मीले बताउनुभयो । जङ्गली जनावर र खडेरीका कारण ९३ प्रतिशत किसानले क्षति बेहोर्नुपरेको सो अवसरमा जनाइएको थियो । जिल्लामा रहेका किसानमध्ये सात दशमलव एक प्रतिशतले माटो परीक्षण गर्ने गरेका छन् ।

सार्वजनिक करण कार्यक्रममा बोल्ने वक्ताले अहिले सार्वजनिक गरिएको तथ्याङ्कका आधारमा सरकारले कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन आवश्यक रहेको बताएका थिए । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी, कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकाल, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका प्रमुख मेघनाथ तिमिल्सिना, तथ्याङ्क कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीलगायतले बोल्नुभएको थियो । सरकारले हरेक पाँच–पाँच वर्षमा  कृषि गणना गर्दै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता