2026-10-21 09:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भरतपुर महानगर झिलीमिली बन्दै

असोज २७, चितवन | भरतपुर महानगरपालिकाका मुख्य शहरी क्षेत्रमा आकर्षक बत्ती जडान गरी झिलीमिली बनाइने भएको छ । 

महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणले सहकार्य गरी रु ११ करोड ४९ लाख ८९ हजार ३०० खर्च गरी महानगरलाई झिलीमिली शहरको बनाउन लागिएको हो ।

महानगरपालिका प्रमुख रेनु दाहालले महानगरमा स्मार्ट स्ट्रिट लाइट जडानका लागि बोलपत्र स्वीकृत भइसकेको जानकारी दिनुभयो । गएको शनिशार एकहप्ते आशयपत्रको सूचना जारी भइसकेको छ । यो अवधि सकिएपछि १५ दिनभित्र ठेकेदार कम्पनीसँग सम्झौता भई काम अघि बढ्ने उहाँले बताउनुभयो । काम शुरु भएपछि छ महिनामा सम्पन्न हुने अनुमान गरिएको छ ।

विद्युतीकरणका लागि प्राधिकरणले ९० प्रतिशत र महानगरपालिकाले १० प्रतिशत लगानी गर्दैछ । प्रमुख दाहालले भन्नुभयो, “यसले महानगरको सौन्दर्यता वढाउने छ ।” आम महानगरवासीले थप सुविधा पाउने पनि महानगरको अपेक्षा छ । देशका महानगरपालिकाहरुमा प्राधिकरणसँग मिलेर स्मार्ट स्ट्रिट लाइट जडान गर्ने महानगर भरतपुर पहिलो हुने भएको छ ।

स्मार्ट स्ट्रिट लाइट जडानको बोलपत्र सेफ स्टिल, सूर्योदय ऊर्जा र टपसुन इनर्जी जेभी टोखा काठमाडौँलाई परेको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेशकुमार महतोले महानगरमा ७७ किलोमिटर क्षेत्रमा स्मार्ट स्ट्रिट लाइट जडान हुने बताउनुभयो । भरतपुर महानगरको केन्द्रीय बस ट्रमिनल चोक, आँपटारी चोक, पुलचोक, लायन्सचोक र चौबीसकोठीमा अग्ला पोलहरुमा चारैतिर बत्ती राखेर उज्यालो बनाइने छ ।

उहाँका अनुसार ती ठाउँहरुमा रङ्गशालाका जस्ता बत्ती जडान हुनेछन् । यसका अतिरिक्त पूर्वपश्चिम राजमार्ग, पुलचोकबाट आँपटारीसम्म, रामनगरबजार, बाइपास रोड, पुलचोकबाट शरणपुरसम्म, शहीदचोकबाट यज्ञपुरीसम्म र चौबीसकोठीबाट मालपोत चोकसम्म बत्ती जडान गरिने छ । दूरसञ्चार रोड, बालमन्दिर रोड, वीरेन्द्र क्याम्पस चोकबाट विशाल चोकसम्म, भरतपुर अस्पतालबाट हाकिमचोकसम्म, बाइपास रोडको गणेशस्थानबाट गोन्द्राङ्ग हँुदै पदमपुर चोकसम्म, बसेनी चोकबाट रिङरोडसम्म र त्रिचोकबाट बुद्धचोक हँुदै क्यान्सर अस्पताल चोकसम्म बत्ती जडान गरिने उहाँले जानकारी दिनुभयो ।

चोकबजार, हाकिमचोकबाट बुद्धचोकसम्म, चौबीसकोठीबाट रामपुरसम्म, शारदानगर, चनौली, मेघौली, गीतानगर, पकौडी, जगतपुर शिवनगर, ध्रुव र पटिहनी बजारसँगै प्रचण्डमार्गमा समेत बत्ती जडान हुनेछ । प्रमुख महतोका अनुसार ७० प्रतिशत नयाँ र ३० प्रतिशत पुराना पोल प्रयोग गरिनेछन् । ती सबै बत्ती बाल्न र निभाउन, मधुरो र चहकिलोलगायत सञ्चालनको काम एउटै नियन्त्रणकक्षबाट हुनेछ । एक–एक बत्तीको नियन्त्रण सोही कक्षबाट गरिनेछ । यसको मुख्य सर्भर काठमाडौँमा रहने र यहाँ पनि नियन्त्रणकक्ष हुने उहाँले जानकारी दिनुभयो । सडक विद्युत्मा देशकै नमूना काम हुन लागेको उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ