2026-09-08 01:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उत्तरी गोरखाको सल्लेरीदेखि भालुवनसम्म भीर खनेर गोरेटो बाटो निर्माण

कार्त्तिक २७, गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित सल्लेरीदेखि भालुवनसम्म पैदल यात्रु हिँड्नका लागि करीब तीन किलोमिटर भिरमा थालिएको गोरेटो बाटो निर्माणको काम अन्तिम चरणमा पुगेको छ । वर्षौँदेखि छङ्गाछुर भीरमा भुण्डिएर हिँड्नुपर्ने भालुवनबासीका लागि दैनिक आउजाउमा सहज बनाउन विश्व खाद्य परियोजनाले पूर्णिमाको कार्यक्रमसँगको साझेदारीमा  बाटो निर्माण शुरु गरेको हो ।

वडाध्यक्ष रामकुमार गुरुङले ३ दशमलव २३ किलोमिटर दूरीमा ढुङ्गाको सिँढी बनाएर करीब चार फिट चौडाइको बाटो निर्माणको काम भइरहेको बताउनुभयो । करीब ४३६ मिटर भागमा भने रेलिङ बनाएर जाली लगाउने काम भइरहेको छ  । 

मनास्लु संरक्षण क्षेत्रभित्रको उक्त बाटो तिहारलगत्तै निर्माण सम्पन्न हुने निर्माणमा खटिनुभएका इञ्जिनीयर आशिष श्रेष्ठले बताउनुभयो । 

चुमनुब्रीमा फोरजी सेवा शुुरु हुँदै

विकट हिमाली क्षेत्र  चुमनुब्री गाउँपालिकमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आउने भएको छ । इन्टरनेटको पहुँच नपुगेको त्यस क्षेत्रमा ढिलोमा तीन महिनाभित्र फोरजी सेवा सञ्चालनमा आउने नेपाल टेलिकम गोरखा शाखाका प्रमुख राजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । 

गाउँपालिकाको सिर्दीवासस्थित न्याक डाँडा, चुम्चेत र विहीमा २५ फिट अग्लो टावर निर्माण गरी फोरजी सेवा प्रदान गर्न लागिएको छ । रासस    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल