२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लमजुङका चार उद्योग खारेज

२०७७, ३० कार्तिक आईतवार १४:३६

कात्तिक ३०, लमजुङ । घरेलु तथा साना उद्योग कार्यालयले चार उद्योग खारेज गरेको छ । लामो समयसम्म नविरकण नगर्ने, उद्योग सञ्चालन नगर्ने सो सङ्ख्याका उद्योगलाई यस चालू आर्थिक वर्ष २०७७/२०७८ को साउनदेखि कात्तिक महिनाको अवधिमा खारेज गरेको कार्यालयले जनाएको छ । 

उद्योग दर्ता गरेको धेरै समय र उद्योग सञ्चालन नगरेका उद्योग खारेज गरिएकोे घरेलु कार्यालयका प्रमुख तोपलाल भुषालले बताउनुभयो । उहाँका अनुसार चालू आवको चार महिनाको अवधिमा ३०५ नयाँ उद्योग दर्ता भएका छन् भने, १३० उद्योग नविकरण भएको छ । त्यस्तै यस कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६/२०७७ मा ११ उद्योग खारेज गरेको थियो । सो अवधिमा ६६९ नयाँ उद्योग दर्ता भएका थिए । 

आर्थिक वर्ष २०७५/२०७६ मा छ उद्योग खारेज भएका उक्त कार्यालयले जनाएको छ । त्यस्तै, यस आर्थिक वर्षमा ४६८ नयाँ उद्योग दर्ता भएका र २७० उद्योगको नविकरण भएको थियो । सो कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/२०७५ मा १० वटा उद्योग खारेज गरिएको थियो । २७६ नयाँ उद्योग दर्ता र १६४ उद्योग नविकरण भएको घरेलु कार्यालयको तथ्याङ्कमा छ । आर्थिक वर्ष २०७३/२०७४ मा आठ उद्योग खारेज भएका थिए । उक्त आर्थिक वर्षमा २०९ नयाँ उद्योग दर्ता भएका र १७३ उद्योगको नविकरण भएको थियो । 

त्यस्तै बाणिज्यतर्फ आर्थिक वर्ष २०७७/२०७८ को चार महिनाको अवधिमा १२ वाणिज्य दर्ता घरेलु कार्यालयले खारेज गरेको छ । कार्यालयका अनुसार २१२ नयाँ वाणिज्य दर्ता भएका र २१६ को नविकरण भएको छ । अघिल्लो आर्थिक वर्ष २०७६/२०७७ मा २५ को बाणिज्य दर्ता खारेज भयो भने ७६२ नयाँ दर्ता र ३२० को नविकरण भएको थियो । आर्थिक वर्ष २०७५/२०७६ मा २३ वाणिज्य दर्ता खारेज गरिएको कार्यालयले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ