2026-09-08 02:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘एक घर एक धारा’

मङ्सिर ३०, वाग्मती । वाग्मती प्रदेश सरकारले पछिल्लो दुई वर्षको अवधिमा एक हजार ३३९ किलोमिटर सडक निर्माण गरेको छ ।  भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार मन्त्रालय मातहतका विभिन्न निकायले ८०७ किमी कच्ची र १५५ किमी कालोपत्र सडक निर्माण गरेका हुन् । 

त्यस्तै ३२० किमी ग्राभेल र २४ किमी ढलान सडक निर्माण गरेको मन्त्रालयले जनाएको छ ।  सो अवधिका विभिन्न ३३ पुल सम्पन्न भएका छन् । आगामी असार मसान्तसम्ममा ५५ पुल सम्पन्न हुने  भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्य ४५  पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । मन्त्री फुयाँलले  एक घर एक धारा कार्यक्रम प्रदेशका सबै स्थानीय तहमा अगाडि बढाइएको, कृषि  उत्पादन बढाउन सिँचाइमा जोड दिइएको र प्रदेशभरिका २४ वटा ऐतिहासिक राजकुलाको पुनःनिर्माण, ढुङ्गेधारा, इनार, तालतलैया जस्ता सम्पदा संरक्षण अगाडि बढाइएको बताउनुभयो ।

उहाँले प्रदेश राजधानी हेटाँैंडा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने सुरुङमार्ग निर्माणका लागि परामर्शदाता छनोट गर्न अन्तर्राष्ट्रिय बोलपत्रमार्फत प्राप्त १२  वटा प्रस्तावको मूल्याङ्कन अध्ययनको अन्तिमक्रममा रहेको तथा सुरुङ निर्माणको बोलपत्र आह्वान गर्न तयारी भइरहेको जानकारी दिनुभयो ।

मन्त्री फुयाँलले सिन्धुलीमाडी – भूमेस्थान – चकमके – कटारी  सडकको शिलन्यास गरिएको बताउनुभयो ।  एक हजार ४५६ किलोमिटर लम्बाइको सडकखण्ड रु ३४ करोड ४१ लाखमा निर्माण सम्पन्न हुनेछ । सो सडक आगामी २०७९ असार २५ सम्म सम्पन्न हुने गरी बोलपत्र स्वीकृत भएको उहाँको भनाइ छ । 

त्यस्तै प्रदेश सरकारले विद्युतीय बस सञ्चालनका लागि बस खरिद गर्ने प्रक्रिया प्रारम्भ गरिसकेको मन्त्रालयका सचिव सञ्जीव बरालले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल