२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वाग्मती प्रदेशले विभिन्न क्षेत्रमा रोपवे निर्माण गर्ने

२०७७, ५ पुष आईतवार ०६:४२

पुस ५, वाग्मती । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका विभिन्न क्षेत्रमा रोपवे निर्माण गर्ने भएको छ । मन्त्रालयले मकवानपुरको इन्द्रसरोवर, रसुवाको गोसाइँकुण्ड र दोलखामा रोपवे तथा केवलवे निर्माणका लागि अध्ययन शुरु गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिनुभयो ।

रासससँग कुरा गर्दै मन्त्री फुँयालले रोपवे निर्माणका लागि अध्ययन, विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार तथा निर्माणकार्य प्रारम्भ गर्नका लागि मन्त्रालयमा चरणबद्ध छलफल कार्यक्रम भइरहेको बताउनुभयो । देशमा हाल विद्युत् उत्पादन बढदै गएको सन्दर्भमा विद्युतीय ऊर्जामार्फत सञ्चालन हुने यातायातका साधनलाई प्राथमिकता दिइनुपर्ने उल्लेख गर्दे मन्त्री फुँयालले विद्युतीय ऊर्जामार्फत सञ्चालन हुने सडक सवारी तथा रोपवे निर्माण सरकारको प्राथमिकतामा पर्ने बताउनुभयो । प्रदेश सरकारले अत्यावश्यक स्थानमा कुनै पनि प्रकारको ऊर्जाको प्रयोगबिना सञ्चालन गर्न सकिने ग्राभिटी रोपवे (गुरुत्वाकर्षणका कारण सञ्चालन हुने) निर्माणका बारेमा समेत अध्ययन शुरु गरेको फँुयालले जानकारी दिनुभयो ।

उहाँले १०२ वर्ष अगाडि राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण गरिएको हेटौँडा काठमाडौँ रोपवे पुनः सञ्चालन गर्न सकिने वा नसकिने अध्ययन गरेर पुनःनिर्माण गर्न सकिने भए पुनःनिर्माण गर्ने तथा नसकिने भए त्यसका संरचनालाई हटाएर व्यवस्थित गरिने बताउनुभयो । उक्त कार्यका लागि मन्त्रालय अध्ययन समिति निर्माण गर्ने क्रममा रहेको र समितिको प्रतिवेदन प्राप्तिपछि प्रतिवेदनका आधारमा काम गरिने उहाँको भनाइ थियो । 

मन्त्री फुँयालले लामो समयसम्म भारत तथा नेपालका तराई क्षेत्रबाट सडक यातायातमार्फत हेटौँडासम्म ल्याइएका सामग्रीलाई काठमाडौँसम्म ढुवानी गर्न प्रयोग भएर हाल बन्द रहेको उक्त रोपवेको संरचनाका कारण जोखिम बढेकाले त्यसको व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्नुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट