2026-10-23 06:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हेटौंडामा शीतभण्डार भवन शिलान्यास

पुस २७, मकवानपुर । वाग्मती प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावा दोर्जे लामाले औद्योगिक क्षेत्रस्थित हेटौँडा दुग्ध वितरण आयोजनाको परिसरमा निर्माण हुने शीतभण्डार भवनको शिलान्यास गर्नुभयो ।

प्रदेश दुग्घ विकास बोर्ड र दूध विकास संस्थानको संयुक्त लगानीमा हेटौँडा उपमहानगरपालिका वडा नं ८ मा करीब रु ५७ लाख १२ हजार ४१७ को लगानीमा सो शीतभण्डार निर्माण हुने छ ।  

आगामी विसं २०७८ वैशाखको पहिलो हप्ताबाट शीतभण्डारलाई सञ्चालनमा ल्याइने  प्रदेश कृषि मन्त्रालयका प्रवक्ता डा शरणकुमार पाण्डेले जानकारीदिनुभयो । उहाँका  अनुसार शीतभण्डारको क्षमता १०० मेट्रिक टन रहेकोे छ । सो समारोहलाई सम्बोधन गर्दै कृषि, भूमि तथा सहकारीमन्त्री लामाले मन्त्रालयले गुरुयोजना तर्जुमा गरी कार्यान्वयन गर्न लागेको जानकारी दिनुभयो । 

सो अवसरमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव मतिना वैद्यले प्रदेशको विभिन्न जिल्लामा पाउडर दूधको उत्पादन स्तर गरी अन्तरराष्ट्रिय बजारसम्ममा प्रतिस्पर्धा गर्न सक्ने बनाउन प्राथमिता दिएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने