२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा

९ माघ २०७७, शुक्रबार १२:००

किरण पौड्याल । माघ ९, इलाम । केही वर्षअघि नेपाली बजारमा अलैँचीको भाउ प्रति मन (४० किलो) रु एक लाख नाघ्यो । किसानले सो मूल्य पाएपछि बिक्री पनि गरे । सीमित किसानसँग भएको अलैँची बेचेर कतिले राम्रै प्रगति गरे तर स्थिति त्यही रहेन । समायान्तरमा अलैँचीको मूल्य घट्दै गयो । 

लाखबाट घटेर रु ७५ हजार, रु ५० हजार हुँदै अहिले करिब रु २५ हजारको सेरोफेरोमा मूल्य छ । अलैँचीको मूल्य अझै घट्दो क्रममा छ । कुन बेला मूल्य घट्छ वा बढ्छ भन्न सक्ने अवस्था पनि छैन । यसरी अलैँचीको मूल्य अस्थिर हुँदा अलैँची बिक्री गर्ने किसान अलमलमा परेका छन् । यसको प्रत्यक्ष मारमा किसान परेका छन् । कुनै वर्ष फसल बढेको बेला भाउ घट्ने र फसल बढेको बेला भाउ घट्ने अनभिज्ञ छन् । 

सैद्धान्तिक हिसाबले हेर्ने हो भने किसानकै हातमा अलैँचीको भाउ निर्धारण गर्ने अधिकार हुनुपर्ने हो । वस्तुका मालिक किसान भएकाले वेच्ने मूल्य किसानकै हातमा हुनुपर्ने हो तर यसको ठ्याक्कै उल्टो अरूले निर्धारण गरेको मूल्यमै आफ्नो परिश्रम बेच्नुपर्ने बाध्यतामा किसान छन् । कृषिजन्य वस्तुको बजारलाई हेर्ने हो भने अलैँची मात्र होइन अम्लिसो (कुचो), अदुवा, चिया सबैको स्थिति एउटै छ । 

बजारमा कसैले चलाएको मूल्यकै आधारमा किसान उत्पादन बेच्नुपर्ने बाध्यतामा छन् । समग्रमा अझैपनि किसान वस्तु उत्पादन गर्ने ठाउँमा छन् तर मूल्य निर्धारण गर्ने ठाउँमा छैनन् । अर्थशास्त्रको मूल्य सिद्धान्तलाई हेर्ने हो भने वस्तुको मूल्य माग र आपूर्तिलाई हेरेर निर्धारण गरिन्छ । उत्पादकले उत्पादन लागतभन्दा माथि बजारको माग र आपूर्तिलाई आधार बनाएर वस्तुको मूल्य निर्धारण हुन्छ तर हाम्रा वस्तुको मूल्य निर्धारण भने यसको विपरीत भइरहेको छ । उत्पादन लागतलाई समेत ध्यान नदिइ बजार मूल्य निर्धारण हुने गरेको देखिन्छ । वस्तुको लागत नै निर्धारण नगरिने भएकाले वस्तुमा लागेको परिश्रम, तयारी खर्च वा अन्य मूल्य नजोडिने समस्या छन् । 

यसैले कुनै दिन उत्पादित वस्तुको लागत मूल्यभन्दा कममा वस्तु बेच्नुपर्ने बाध्यता आउन सक्ने अनुमान चिया व्यवसायी कमल मैनालीको छ । चियाको मुख्य बजार भारत हो । भारतले राखिदिएका मूल्यमै नेपाली किसानले चिया बेच्न बाध्य छन् । चियाको बजार मूल्य निर्धारणमा किसान होइन, नेपाली व्यवसायीको समेत संलग्नता रहदैन । मैनालीका अनुसार हामीले उत्पादन गरेको चियाको लागत मूल्य निर्धारण नभएकाले पनि जतिसुकै मूल्यमा बेच्नु पर्ने बाध्यता छ । उहाँका अनुसार लागत मूल्य नै निर्धारण नहुनाले किसानले सीमित (तोकिएको) बजारमा चलेकै बजारमा चिया बेच्नुपर्ने बाध्यता छ ।

“हामी यथास्थिति धरातलमा छौ । हामीले चिया बेच्नुपर्ने पनि छ तर कम मूल्य छ ।” मैनालीले भने, “यसलाई चिर्नका लागि हामीले उत्पादनको लागत मूल्य निर्धारण गरेर बजार भाउ तोक्नुपर्छ । अनि बजारमा वस्तु पुर्याउनुपर्छ ।” चियाकै जस्तो समस्या अन्य कृषिजन्य वस्तुको बजारमा पनि छ । बजारकै अभावका कारण कम मूल्यमा अलैँची बेच्नु परेको अलैँची व्यवसायी निर्मल भट्टराईको तर्क छ । भारत नै अलैँचीको मुख्य बजार भएकाले उसैले राखेको मूल्यमा किसान र स्वदेशी व्यवसायीले अलैँची बेच्नुपर्नेछ ।

“हामीले हाम्रो उत्पादन बेच्नै पर्ने बाध्यता हुन्छ । त्यसैले हामी भारत गुहार्छौ ।” भट्टराईले भने, “भारत हाम्रो (नेपाल)को मात्र होइन, भुटान जस्ता देशको पनि बजार हो । त्यसैले मूल्य निर्धारण गरिदिन्छ ।” भट्टराईका अनुसार अलैँचीको मूल्य वार्षिक वा मासिक रूपमा घटबढ हुने मात्र होइन दिनमै पनि फरक फरक हुनसक्छ । एकदमै अस्थिर बजारमा नेपाली किसानले अलैँची बेच्नुपर्ने बाध्यता छ । भट्टराईका अनुसार नेपाल सरकारले वस्तुको उत्पादनको प्रवद्र्धन गर्न नसक्दा यो समस्या आएको हो । 

“हामीसँग यो सम्बन्धी नीति नै छैन । सरकारले नयाँ बजार खोज्नु पर्ने हो तर यस्तो कहिल्यै हुन सकेन ।” चियाकै जस्तो अलैँचीको मूल्यपनि लागत मूल्यभन्दा कममा बेच्नुपर्ने दिन आउन सक्ने खतरा रहेको भट्टराईको सङ्केत छ । “वस्तुको मूल्य मात्र हेरफेर गरिदैन । वस्तुको भाउ घटाउन लामो समय होल्ड राख्ने समस्या पनि छ ।” अलैँची व्यवसायी भट्टराईले भने,“एकैचोटी किनेर लामो राखिदिने अनि नकिन्ने बाध्यता समेत छ । भारतले नेपाली किन्नका लागि पनि अनेक तिकडम गर्ने गर्छ । कृषिजन्य सामग्री वोकेका ट्रक नै सीमाबाट भारत पर्न रोक समेत लाउने गरेको छ । 

नेपाली व्यवसायीको जोडबलले ट्रक नाका कटाउनु पर्ने अवस्था रहेको छ । भारतले नेपाली सामग्री किन्न नचाहदा पनि किनिदिनु पर्ने बाध्यता रहेकाले मूल्य निर्धारण समेत भारतले नै गर्ने गरेको अदुवा तथा अलैँची व्यवसायी मात्रिका घिमिरेको भनाई छ । घिमिरेका अनुसार नेपाली वस्तुको कम गुणस्तरीय हुनाले पनि भारतले मनोमानी ढङ्गले मूल्य निर्धारण गरेको हो ।

विशेषगरी नेपालबाट जाने अदुवा अन्य कृषिजन्य वस्तुको तुलनामा कम गुणस्तरीय मानिन्छ । किसानले बजार हेर्ने भएकाले माटोसहितको अदुवा समेत बेच्ने गरेका छन् । वस्तुको गुणस्तर कायम गर्न सकेमा बजार आफै निर्माण हुँदै जाने घिमिरेको तर्क छ । अन्य वस्तुको जस्तै अदुवाको पनि भाउ एकदर छैन । 

यसको प्रत्यक्ष मारमा किसान परिरहेका छन् । यता लागत मूल्य बढ्ने तर बजार मूल्य घट्दै जाने गरेकाले कृषि व्यवसाय ठूलो मारमा परेको छ । वस्तुको मूल्य निर्धारणका लागि सरकारले चाँडो काम शुरु गर्नुपर्ने कृषिविज्ञ डा. योगेन्द्रमान श्रेष्ठको भनाइ छ । 

श्रेष्ठका अनुसार वस्तुको मूल्य सरकार, उत्पादनकर्ता र उपभोगकर्ताले गर्ने हो तर नेपालमा भने उपभोगताले मात्र मूल्य निर्धारण गर्दा बजार अस्तव्यस्त बनेको हो । “हामीले गुणस्तरीय वस्तु निर्माण गर्ने हो । अनि किन्न आउनका लागि अरूलाई निर्धारण गर्ने हो ।” डा.श्रेष्ठले भने, “वस्तुको लागत मूल्य निर्धारण गर्ने अनि बजारलाई आह्वान गर्न सरकारले अभिभावकत्व गर्नुपर्छ ।” सरकारले कूटनीतिक पहल गर्नुपर्ने उनको सुझाव छ । नेपाली चिया कम गुणस्तरीय भएको वा भारतको रणनीति हो भन्न तथ्य बाहिर आउनुपर्ने सरोकारवालाहरु बताउँछन् ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला