साउन २०, चितवन । भरतपुर उपमहानगरपालिकाको सहरी क्षेत्रमा व्यवस्थित यातायातको सुविधा हुन नसकिरहेको बेला यहाँका उद्योगी व्यवसायी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, चितवन । भरतपुर उपमहानगरपालिकाको सहरी क्षेत्रमा व्यवस्थित यातायातको सुविधा हुन नसकिरहेको बेला यहाँका उद्योगी व्यवसायी"/>
2026-08-30 11:53 PM
अर्थ/विकास

भरतपुरमा सिटी बस सञ्चालनको तयारी

साउन २०, चितवन । भरतपुर उपमहानगरपालिकाको सहरी क्षेत्रमा व्यवस्थित यातायातको सुविधा हुन नसकिरहेको बेला यहाँका उद्योगी व्यवसायीहरुले अत्याधुनिक सिटी बस सञ्चालन गर्ने भएका छन् । 

ग्लोबल मेट्रो सिटी बस प्रालिका नामबाट उपमहानगरपालिकाको सहरी क्षेत्रमा बस सञ्चालन गर्न लागिएको हो । कम्पनीको अध्यक्ष बद्री अधिकारीका अनुसार पहिलो चरणमा यही भदौ १० गतेबाट २५ वटा बस सञ्चालनमा ल्याइने छ । स्थानीय २१ जना व्यवसायीले कम्पनी दर्ता गरी भारतीय टाटा कम्पनीका २६ सिट क्षमताका बस झिकाएका हुन् । एउटै ब्रान्डका ती बस उपमहानगरपालिकाको सहरी क्षेत्रमा रुट बनाएर नियमित सञ्चालनमा ल्याइने छ । 

केन्द्रीय बस ट्रमिनल भरतपुर र पोखरा बसपार्क नारायणगढलाई मुख्य केन्द्र मानेर बस सञ्चालन गरिँदै छ । सकेसम्म बसका चालकसहित सम्पूर्ण कर्मचारी महिला राख्न पहल भइरहेको भए पनि पहिलो चरणमा चालक पाउन मुस्किल भएकाले अन्य कर्मचारी भने महिला नै हुने अधिकारीको भनाइ छ । ती बसमा सिसी क्यामेरा, वाइफाई, मोबाइल चार्ज, स्थानीय उत्पादनको विज्ञापन गर्न मिल्नेगरी डिस्प्लेको सुविधा रहेको छ । बसमा ज्येष्ठ नागरिकलाई परिचयपत्रका आधारमा निःशुल्क यात्राको व्यवस्था गरिने अधिकारीले बताउनुभयो । 

विद्यार्थी, व्यवसायी र नियमित यात्रा गर्नुपर्नेका लागि कार्डको व्यवस्थासमेत गरिन लागेको छ । पहिलो चरणमा रु आठ करोड ५० लाख लगानी गरी बससेवा सञ्चालन गर्न लागिएको जानकारी दिँदै अधिकारीले दोस्रो चरणमा २० वटा बस थप गर्ने, पेट्रोलपम्प र ग्यारेज सञ्चालन गर्ने लक्ष्य रहेको बताउनुभयो । 

कम्पनीले धार्मिक पर्यटकीय क्षेत्र देवघाट, मौलाकालिका र गणेशस्थानलाई विशेष महत्व दिँदै मेला महोत्सवको समयमा ती क्षेत्रमा यातायात सुविधा प्रदान गर्ने जनाएको छ । उपमहानगरपालिकाको सहरी क्षेत्रको जनघनत्व बढे पनि व्यवस्थित यातायातको सुविधा नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने