२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अर्धवार्षिक कृषि उपजका निकासी: बढ्यो अलैँची र चिया, अदुवा स्थिर

२०७७, २२ माघ बिहीबार ०७:३९

किरण पौड्याल । माघ २२, इलाम ।  चालू आव २०७७/७८ को साउनदेखि कात्तिकसम्ममा कृषि उपजका निकासीमा सुधार देखिएको छ । निकासी तथा प्रवद्र्धन बोर्डका अनुसार गत  आर्थिक वर्ष २०७६/७७ को तुलनामा भन्दा यस वर्ष परिमाण र आम्दानी दुवैमा सुधार आएको हो । नेपालबाट कृषिजन्य वस्तु अलैँची र चिया भारतसहित तेस्रो मुलुकमा निकासी हुन्छ । चालुआवको यस अबधिमा अलैँचीको निकासी तथा आम्दानीमा उल्लेखीय सुधार देखिएको हो । 

गत वर्षको तुलनामा चालू वर्षमा पनि अलैँचीका भाउमा सुधार आएकाले पनि आम्दानी बढेको हो । गत वर्षमा रु दुई अर्ब ५१ करोड ८२ लाख १० हजार बराबरको निकासी भएको थियोे  भने यस वर्ष रु तीन अर्ब ८१ करोड ७६ लाख ४१ हजार बराबरको निकासी भएको तथ्याङ्कले जनाएको छ । गत आवको साउनदेखि पुससम्ममा ३१ लाख ३२ हजार ८३७ किलो अलैँची निकासी भएकामा यस आवमा ४७ लाख ७५ हजार ९८३ केजी निर्यात भएको छ ।

गत वर्ष रु २५ हजार हाराहारीमा प्रतिमन (एक मनमा ४० केजी) हुँदा यस वर्ष रु ३१ हजार हाराहारी मूल्यसम्ममा किसानले अलैँची बेचेका थिए । व्यवसायीका अनुसार यस वर्ष कोरोनाका कारण किसानले चाँडै अलैँची बेचेकाले पनि मूल्य बढेको हो । कोरोनाले कारण किसानले बन्दाबन्दीमा आर्थिक सङ्कट व्योहोरेकाले गतपुससम्ममा नै व्यापारीकहाँ अलैँची पुर्याएका हुन् ।

व्यवसायी मातृका घिमिरेका अनुसार अलैँचीको वास्तविक भाउ किसानले बुझेकाले पनि निकासी चाँडै गरेका हुन् । कुनै बेला प्रतिमन रु एक लाख पुगेको अलैँचीको मूल्य अझै पनि किसानमा त्यो धङ्धङी रहिआएको छ ।  केही किसानले अब त्यो किसिमको भाउ नआउने बुझेकाले पनि कम समय भण्डारण गरेर अलैँची बजार पुर्याएको उनको भनाइ छ । यस वर्ष साउन–पुसको समयमा अलैँचीको निकासीमा सुधार भएर नेपालबाट निर्यात हुने तेस्रो प्रमुख वस्तुमा परेको छ ।

समग्र निकासी बजारको छ दशमलव २८ प्रतिशत हिस्सा अलैँचीले ओगटेको तथ्याङ्कले देखाउँछ । यसपटक कृषिजन्य अर्को वस्तु चियालाई उछिन्दै अलैँचीमाथि उक्लिएको हो । यस अवधिमा चियामा पनि सुधार देखिएको छ । चियाको अन्तिम सिजनको चिया निकासी अवधि भएकाले पनि निर्यातमा अपेक्षाकृत सुधार देखिएको हो ।

यस आवको साउनदेखि पुससम्ममा गएको वर्षको यसै समयको तुलनामा ५१ दशमलव छ प्रतिशतले आम्दानीमा सुधार भएको छ । कफी तथा चिया विकास बोर्डको तथ्याङ्कअनुसार गत वर्ष अलैँचीबाट रु एक अर्ब ६५ करोड, ६९ लाख, ६८ हजार बराबरको आय भएको छ भने यस आवमा रु दुई अर्ब ७७ करोड ५३ लाख ९७ लाख बराबरको आय नेपालमा भित्रिएको देखिन्छ ।

गत वर्षको साउनदेखि पुसमा ६७ लाख २२ हजार १९० किलो चिया निकासी भएको उल्लेख छ भने यस वर्ष बढेर ८७ लाख ८५ हजार ७२३ किलो निकासी भएको तथ्याङ्कमा देखिन्छ । गत वर्षको तुलनामा यस वर्ष ६७ दशमलव ५० प्रतिशत निकासी मूल्य बढेको देखिन्छ । गत वर्षभन्दा यस वर्ष नेपाली चियाले अब्बल मूल्य पाएको देखिन्छ । पछिल्लो समय तेस्रो मुलुकमा चिया निकासी बढेकाले पनि चियाको मूल्य बढेको सरोकारवालाको भनाइ छ । चियाको ठूलो बजार भारत भए पनि कतिपय व्यवसायीले तेस्रो मुलुक चिया पुर्याउने गरेका छन् ।

भारतको तुलनामा तेस्रो मुलुकमा चियाको मूल्य बढिरहेकाले नेपाल भित्रिने आयमा वृद्धि भएको हुनसक्ने केन्द्रीय चिया सहकारी सङ्घकाा महासचिव रविन राई बताउँछन् । चियाले समग्र निकासी हुने वस्तुमध्ये सातौं बढी निकासी हुने वस्तुमा परेको छ । यसले निकासीको चार दशमलव ५६ प्रतिशत हिस्सा ओगटेको केन्द्रको तथ्याङ्कले देखाउँछ । यस्तै नेपालबाट उल्लेखनीय निकासी हुने कृषिजन्य वस्तुमा पर्छ, अदुवा । यसपटक अदुवामा सुक्ष्मरूपमा मात्र सुधार देखिएको छ । गत आवको यो अवधिमा रु २८ करोड ५६ लाख चार हजारको आम्दानी भित्रिएको अदुवाले यस आवको अहिलेसम्ममा रु २९ करोड ५१ लाख ५७ लाख बराबरको आम्दानी भित्रिएको देखिन्छ ।

गत वर्षको साउन देखि पुसमा ४९ लाख ९६ हजार ३५२ केजी अदुवा निकासी भएकोमा यस आर्थिक वर्षको अहिलेसम्ममा ६९ लाख ८५ लाख ८०६ केजी निकासी भएको देखिन्छ । गत आर्थिक वर्षको तुलनामा यस आवको अहिलेसम्ममा तीन दशमलव ३४ प्रतिशत आय वृद्धि भएको छ भने जम्मा निकासीको शून्य दशमलव ५१ प्रतिशत मात्र वृद्धि भएको देखिन्छ ।

अदुवा बढी निकासी हुने वस्तुमध्ये २०औँ स्थानमा परेको छ । यस वर्ष सबैभन्दा बढी नेपालबाट निकासी हुनेमा सोयाविन तेल परेको छ । गत वर्षको तुलनामा २९० प्रतिशत वृद्धि हुँदै समग्र निकासी हुनेमध्ये २८ दशमलव दुई प्रतिशत बजार ओगट्न सफल भएको छ । यस वर्ष अदुवाको उत्पादन कम भएकाले पनि खासै अन्तर नदेखिएको हो । गत वर्ष भाउ नआएकाले यस वर्ष खासै धेरै अदुवा खेती गरेका थिएनन् । अदुवाको भाउ गत वर्षको तुलनामा केही बढ्यो । अस्थिर बजार मूल्य भएकाले पनि किसानले उल्लेखीय मूल्य नपाएको अदुवा व्यावसायी मात्रिका घिमिरेको भनाइ छ । 

गतको वर्षको तुलनामा पनि यस वर्ष समग्र निकासी बढेको देखिन्छ । यसले राष्ट्रको शोधानान्तर घाटा घटेको छ । गत आवको यस अवधिमा आयातको तुलनामा सात दशमलव छ प्रतिशतको निकासी भएकामा यस वर्ष पाँच दशमलव नौ प्रतिशतको निकासी भएको देखिन्छ । यस आव साउनदेखि पुससम्ममा रु ६० दशमलव ८० विलियनको निकासी भइकामा रु ६६१ विलियन बराबरको पैठारी भएको छ । हालसम्मको जम्मा व्यापार रु ७२२ विलियन बराबरको आयात–निर्यात भएको छ । केन्द्रको तथ्याङ्कअनुसार रु ६४५ विलियन बराबरको घाटा भएको देखिन्छ । आयात र निर्यात बीचको अन्तर हेर्दा आयातभन्दा निर्यात १० दशमलव नौ बराबर बढी हो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ