फागुन १४, काठमाडौँ । शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा प्रतितोला रु ५ सयले घटेर छापावाल सुनको मूल्य ८८ हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बिहिबार पनि प्रतितोला ५ सयले घटेर ८९ हजार ३ सयमा छापावाल सुन कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य ८८ हजार ३ सय ५० मा कारोबार भएको छ । बिहिबार बढेको चाँदीको मूल्य आज भने घटेको छ । हिजोको तुलनमा आज रु १५ ले घटेर प्रतितोला चाँदी १३ सय ५५ मा कारोबार भएको महासंघले जनाएको छ ।

पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य घट्नेक्रम जारी रहेको छ ।

सुनको मूल्य लगातार ओरालो,कति पुग्यो ?
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment
Leave a Comment