2026-10-14 01:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निर्माण शुरु भएको चार वर्षसम्म अलपत्र पुल

फागुन १७, सर्लाही । सर्लाहीको र लालबन्दी जोड्ने पाँचकुमारी खोलाको पुल चार वर्षदेखि अलपत्र अवस्थामा छ । आर्थिक वर्ष २०७४÷७५ बाट निर्माण शुरु भएको सो पुल निर्माण शरु भएको चार वर्ष बितिसक्न लाग्दा पनि निर्माण कार्य अलपत्र अवस्थामा परेको हो ।

हरिपुर नगरपालिका–८ र लालबन्दी नगरपालिका–४ को सिमानामा रहेको पाँचकुमारी खोलामा दुई खम्बा भएको पक्की पुल निर्माण शुरु गरिएको चार वर्षसम्म पनि जनप्रतिनिधिको लापरवाहीका कारण निर्माण सम्पन्न हुन नसकेको स्थानीयवासीेले बताएका छन् । हरिपुर नगरपालिकाको रु २५ लाख र लालबन्दी नगरपालकाको रु १० लाख गरी ३५ लाखको लागतमा निर्माण सम्पन्न गर्ने गरी शुरु भएको पुलको हालसम्म निर्माण उपभोक्ता समितिमार्फत नै काम भएको र विभिन्न चरणमा गरी रु २५ लाख रकम सकिसकेको पुल निर्माण उपभोक्ता समितिले जनाएको छ । 

आव २०७४÷७५ मा नगरले रु पाँच लाख, आव २०७५÷७६ मा नगरले रु १० लाख लालबन्दी नगरपालिकाले रु १० लाख रकमको व्यवस्था गरेको थियो । आव २०७७÷७८ मा पनि हरिपुर नगरपालिकाले रु १० लाख रकमको व्यावस्था गरेको छ । 

लालबन्दीतर्फको क्षेत्रमा पुलको माथिल्लो भौतिक संरचना निर्माण भइसकेको भए पनि मानिस अहिले पनि  खोलाबाटै आवतजावत गर्न बाध्य छन् । हरिपुरतर्फको क्षेत्रमा माटो भर्ने, ढङ्गा जाली लगाउने काम बाँकी नै रहेको हरिपुर नगरपालिका–८ का वडाध्यक्ष हरिबहादुर थापाले बताउनुभयो । 

उपभोक्ता समितिमार्फत निर्माण शुरु गरिएको पुलको हालसम्म तीनवटा निर्माण उपभोक्ता समिति गठन गरिसकिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । वडाध्यक्ष थापाले हरिपुर नगरपालिकाका नगर प्रमुख मन्सुरले पुल निर्माण कार्यमा रकमको उचित व्यवस्था नगर्दा निर्धारित समयमा पुल निर्माण हुन नसकेको आरोप लगाउनुभयो । 

नगर प्रमुख मन्सुरले निर्माण उपभोक्ता समितिमार्फत काम गर्दा गुणस्तरीय काम हुने भएका कारण आफूले निर्माण उपभोक्ता समितिमार्फत काम गर्न लगाएको बताउनुभयो । उहाँका अनुसार पुल निर्माणको काम करीब ७० प्रतिशत सकिएको र अबको केही महिनाभित्रमा पूरै काम सम्पन्न हुने छ ।

आरोप प्रत्यारोपमा रुमलिँदै नूनथर 

सर्लाही र रौतहटको सिमानामा रहेको वाग्मती नदी किनारमा पर्ने नूनथर क्षेत्रमा अझै अपेक्षाकृत विकास हुन नसकेको स्थानीयवासीको गुनासो छ । प्रदेश २ कै उत्कृष्ट पर्यटकीय गन्तव्य चन्द्रपुर नगरपालिका–१ मा पर्ने नूनथर क्षेत्रका लागि पटकपटक विभिन्न शीर्षकमा बजेट विनियोजन भएको भए पनि बजेटको सदुपयोग नभएको स्थानीयवासीले गुनासो गरेका छन् । 

बजेटअनुसारको विकासको काम नभएको र भएका काम पनि गुणस्तरहीन भएको स्थानीयवासीको भनाइ छ । पहुँचवालाले स्थानीय विकासको नाममा नदी दोहन गरिरहेका उनीहरुको आरोप छ । उपभोक्ता समितिमार्फत भएको योजनामा एकलौटी तरिकाले काम गरेको र समितिका पदधिकारीसँग सल्लाहसमेत नगरेको स्थानीय कपिल माझीले गुनासो गर्नुभयो । 

नूनथर क्षेत्र प्रवेशमा लिइँदै आएको शुल्कको रकम पनि अनियमित हुने गरेको आशङ्का सर्वसाधारणले गरेका छन् । चन्द्रपुर नगरपालिकालाई राजश्व दाखिलासमेत नगरी चन्द्रपुर नगरपालिका–१ का वडाध्यक्ष वीरबहादुर रखालले रकम अपारदर्शी ढङ्गले असुल्ने गरेको पाइएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले  बताउनुभयो ।

वडाध्यक्ष रखालले भने प्रक्रिया सङ्गत ढङ्गले काम गरेको बताउनुभयो । नूनथर विकास समितिले प्रक्रियासङ्गत तरिकाले काम गरेको उहाँको भनाइ छ । उहाँले नगरपालिका र नूनथर विकास समितिले सिधैँ सम्झौता गरेर काम गरेको पनि बताउनुभयो । चन्द्रपुर नगरपालिकाको लेखा अधिकृत कृति सुवेदीका अनुसार नूनथर विकास समितिले प्रवेश शुल्क काट्दा ३० प्रतिशत नगरपालिकाको राजश्व शाखामा बुझाउने र बाँकी रहेको ७० प्रतिशत नूनथर विकास समितिमा राखेर सरसफाइलगायतको काममा खर्च गर्ने नगरपालिका नगर कार्यपालिकाले निर्णय नै गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश