२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रम स्वरोजगार कार्यक्रम : तीन हजारलाई रोजगारी

२०७७, १९ फाल्गुन बुधबार १२:४५

फागुन १९, बझाङ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत जिल्लामा १२ वटै स्थानीय तहका तीन हजार ५२९ हजार युवाले १०० दिन बराबरको रोजगारी पाउने भएका छन् । सरकारले युवालाई लक्षित गर्दै कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना निर्माण तथा मर्मतमा रोजगारी दिने योजनाअन्तर्गत गत वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरिएको थियो ।

कार्यक्रमअन्तर्गत कामदारलाई सरकारले दैनिक रु ५१७ ज्याला दिइन्छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत केन्द्रबाट ज्यालाबापतको रकम मात्र आउने भएकाले स्थानीय तहले दक्ष जनशक्ति र आवश्यक निर्माण सामग्रीका लागि बजेट छुट्याउन सके यो कार्यक्रम झनै प्रभावकारी र दिगो हुने जयपृथ्वी नगरपालिकाका रोजगार संयोजक रामचन्द्र धाँमीले बताउनुभयो । जिल्लामा यो कार्यक्रमअन्तर्गत कुलो, नहर, बाटो, खानेपानी निर्माण, सामुदायिक वन संरक्षण, वृक्षरोपण, सडक मर्मत, तटबन्धन जस्ता निर्माणका काम हँुदै आएका छन् । 

कार्यक्रमअन्तर्गत बुङ्गल नगरपालिकामा ७२० जना, जयपृथ्वी नगरपालिकामा ३१६ जना, केदारस्यु गाउँपालिकामा ३०९ जना, थलारा गाउँपालिकामा ४६५ जना, तलकोट गाउँपालिकामा ४०४ जना, दुर्गाथली गाउँपालिकामा १५६ जना, छविसपाथीभेरा गाउँपालिकामा १३६ जना, खप्तडछान्ना गाउँपालिकामा १२९ जना, सुर्मा गाउँपालिकामा २४४ जना मष्टा गाउँपालिकामा २३४, साइपाल गाउँपालिकामा १२९ जना र वित्थडचिर गाउँपालिकामा २८७ जना गरी जिल्लाभरी तीन हजार ५२९ जनाले रोजगारी पाउने छन् । 

यस आर्थिक वर्षमा मात्र स्वरोजगार कार्यक्रमअन्तर्गत करीब रु १७ करोड बराबरको विकास निर्माणका काम शुरु भएका छन् । जयपृथ्वी नगरपालिकाका ३१६ जना बेरोजगारले १०० दिन बराबरको कामबाट रु एक करोड ६३ लाख ३८ हजार पाउने भएका छन् । बुङ्गल नगरपालिकामा यस आर्थिक वर्षमा ७२० जनाले रु तीन करोड ७२ लाख २४ हजार पाउने भएका छन् । 

यस्तै यो कार्यक्रममा सडक निर्माण, तटबन्धन र वडा कार्यालयमा ज्यालाको काम भइरहेको छ । काम गरेबापतको रकम सिधै उनीहरुको बैंक खातामा जाने भएकाले आर्थिक अनियमितता हुने सम्भावना कम छ ।

आर्थिक वर्ष २०७७÷०७८ को साउन भदौमा सबैभन्दा बढी बुङ्गल नगरपालिकामा तीन हजार ४३९ जना र सबैभन्दा कम साइपाल गाउँपालिकामा २५१ जनाले आवेदन दिएका थिए । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत गत वर्ष विभिन्न पूर्वाधार निर्माणका काम गरेको र यस वर्ष पनि पूर्वाधार विकासमै जोड दिइएको तल्कोट गाउँपालिका रोजगार संयोजक पुष्कर सिंहले बताउनुभयो । योजनाको दिगोपनका लागिसमेत गाउँपालिकासँग सहकार्य गरेर अघि बढिरहेका छाँै । सरकारले काम गर्दा हुने घटनालाई मध्यनजर गर्दै कामदारको बीमासमेत गर्ने गरेको छ ।

वर्षभरी बेरोजगार भएर बस्नुपर्दाको पीडालाई सम्झँदै जयपृथ्वी नगरपालिका वडा नं १ की पारसी सिंहले यो कार्यक्रम शुरु भएसँगै घरखर्च चलाउन सहज भएको, अहिले आफ्नै गाउँमा बाटो निर्माणको काम गरिरहेका छौँ । अब त्यहाँबाट आउने पैसाले बालबालिकाको पढाइ खर्च, लत्ताकपडा किन्नसमेत सहयोग पुग्ने काम गर्दै गर्दा रोजगार सँगसँगै सीप पनि सिकिरहेकोसमेत बताउनुभयो । 

थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्याले गत वर्ष पनि कार्यक्रमअन्तर्गत आफ्नो गाउँपालिकामा विकास निर्माणका काम भएको गाउँपालिकाले पनि केही बजेट छुट्याइ योजनाको दिगोपनका साथै स्थानीयस्तरमा समेत रोजगार पाउने भएकाले कार्यक्रमलाई प्रभावकारीरुपमा अगाडि बढाउन आफू लागि परेको बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ