2026-10-14 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आई-पे डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको लाईसेन्स

फागुन २२, काठमाडौँ | नेपालकै अग्रणी डिजिटल वालेट कम्पनीहरु मध्य लोकप्रिय आई-पे डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२’ बमोजिम दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कार्यको लागि भुक्तानी सेवा प्रदायकको अनुमती पत्र प्रदान गरेको छ। “यस अनुमती पत्रको प्राप्तीले आई-पे ले सन् २०१० देखी नेपाल भरी सन्चालन गर्दै आएको गणस्तरिय र व्यवस्थीत सेवालाई अनुमोदन गरेको छ र हामीले नेपालको सन्दर्भमा नगदरहित डिजिटल भुक्तानी प्रवर्दन गर्न/गराउन पुर्याएको योगदानको कदर गर्दै अझै राम्रो गर्दै जान प्रोत्साहित गरेको अनुभुती गरेका छौं।”, आई-पे का अध्यक्ष श्री अमृत मान तुलाधर भन्नुहुन्छ।    

आई-पे, एउटा अनलाईन भुक्तानी द्वार र डिजिटल वालेट हो जसले प्रयोगकर्ताहरुलाई ईन्टरनेटको माध्यमबाट विभिन्न वस्तु तथा सेवाहरु विभिन्न व्यवसायीहरु बाट अनलाइन खरिद गर्न र सो को भुक्तानी पनि आई पे डिजिटल वालेट मार्फत सजिलै अनलाइन नै गर्न सकिने गरी मध्यस्थता गर्दछ। आई-पे ले आफ्नो डिजिटल वालेट र भुक्तानी सेवा सबै व्यक्तिगत एवम् व्यावसायिक प्रयोगकर्ताहरुलाई नि:शुल्क रुपमा उपलब्ध गराउँदै आएको छ। 

आई-पे का प्रमुख कार्यकारी अधिकृत श्री अमिर महर्जनका अनुसार देशैभरी आई-पे का पाँच लाख भन्दा बढी सक्रीय प्रयोगकर्ताहरु रहेका छन भने एक हजार भन्दा बढी मेहनती एवम् कृयाशील एजेन्टहरु रहेका छन् । विगत एक दशक देखी मोबाइल रिचार्ज/टपअप, बिजुली र पानीको बिल, इन्टरनेट तथा टेलिभिजनको बिल, फिल्म हलको टिकेटिङ, प्लेनको टिकेटिङ आदी लगायत इ–कमर्स मार्फत किनिएको सामान तथा सेवाहरुको अनलाइन भुक्तानी गर्ने सेवाहरु प्रदान गर्दै आएकोमा अबका दिनमा आफ्ना नेपाल भरिका प्रयोगकर्ताहरुको दैनिकी सहज बनाउन अझ नविनतम् डिजिटल वित्तिय सेवाहरु प्रदान गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश