<p><b>फागुन २१, काठमाडौं ।</b> पछिल्लो समय लगातार ओरालो लागेको सुनको मूल्य आइतबार भने बढेको छ । आज शुक्रबारको तुलनामा प्रतितोला रु ५ सयले बढेर छापावाला सुनको मूल्य ८६ हजार १ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । <br></p><p>यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ८५ हजार ६०० रुपैयामा कारोबार भएको थियो । आइतबार तेजाबी सुनको मूल्य ८५ हजार ६ सय ८० कायम भएको महासंघले जनाएको छ । यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । </p><p>आज प्रतितोला चाँदी १२ सय ५० मा कारोबार भइरहेको छ ।</p>
March 7, 2021
अर्थ/विकास, काठमाडौँ - KTM
बढ्यो सुनको मूल्य
By kit
2 मिनेट पढाइ








