2026-08-25 09:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अमलेखगञ्ज – लोथर पाइपलाइनको अध्ययन सम्पन्न

फागुन २३, नेपालगन्ज । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पमाइपलाइन जडान गर्ने कार्यको अध्ययन सम्पन्न भएको छ । यसको प्राविधिक प्रतिवेदन समेत आपूर्ति मन्त्रालयमा  बुझाइएको छ । दक्षिण एशियाको पहिलो क्रस बोर्डरको रुपमा रहेको मोतिहारी- अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको सफलतापछि सरकारले सो अध्ययन पुरा गरेको हो । 

अध्ययन टोलीका प्राविधिकले सो पाइपलाइनलाई कसरी अगाडि बढाउने, कति खर्च लाग्ने, निर्माण गर्न कति समय लाग्नेलगायतका कामको प्रतिवेदन मन्त्रालयलाई बुझाइ सकिएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । 

 बाराको अमलेखगञ्जदेखि चितवनसम्मको ६९ किलोमिटर लम्बाइ रहेको सो पाइपलाइनको  निर्माण गर्न करीब रु १३ अर्ब खर्च हुने अनुमान गरिएको छ । लोथरमा सो पेट्रोलियपदार्थ भण्डारण गर्न एक लाख किलोलिटर क्षमता भएको अत्याधुनिक पेट्रोल ट्याङ्की निर्माण गर्ने बताइएको छ ।  

 मोतिहारीदेखि अमलेखगञ्जसम्म सञ्चालनमा रहेका पेट्रोलियम पाइपलाइनमै पाइप जोडेर लोथरसम्म विस्तार गरिने छन् ।  यसको लागि नेपाल तथा भारत सरकारबीचमा कुराकानी भई स्वीकृतिसमेत भइसकेको छ ।  अब प्राबिधिक प्रतिवेदन माथि मन्त्रालयमा छलफल भई काम अगाडि बढ्ने छ ।

 नेपाल आयल निगम र भारतीय आयल निगमका संयुक्त कार्यदलले मन्त्रालयमा पेश गरेको अनुमानित लागतबारे टुङ्गो लाग्न सकेको छैन । रु १३ अर्ब खर्च हुने अनुमान गरिएको छ । यसअघि २०७६ भदौ महिनादेखि भारतको मोतिहारीबाट सो पाइपलाइन मार्फत अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा डिजल ल्याउने गरेकोमा अब एक वर्षभित्र सोही पाइपलाइनमार्फत पेट्रोल ल्याउने गृहकार्य शुरु भएको निगम प्रदेश २  प्रादेशिक कार्यालयका प्रमुख भरत रेग्मीले जानकारी दिनुभयो ।  

 विगत एक वर्षदेखि भारतको मोतिहारीबाट पाइपलाइनमार्फत डिजल आइरहेको छ भने अबको एक वर्षभित्र सो पाइपलाईमार्फत पेट्रोल पनि ल्याउने काम शुरु हुने छ । सो सम्बन्धी काम भारतको मोतिहारीमा सम्पन्न भइसकेको बताइएको छ । भारतीय आयल कर्पोरेसन लिमिटेडले भारतको मोतिहारीमा भर्टिकल ट्याङ्की निर्माण गर्ने काम शुरु गरेको छ ।

अमलेखगञ्जस्थित नेपाल आयल निगमको कार्यालयमा पेट्रोल आपूर्ति गर्नको लागि आवश्यक पर्ने पूर्वाधारको काम अगाडि बढाइएको छ । सो कार्यालय हाताभित्र पश्चिम तर्फ रहेको ६ बिघा क्षेत्रफलमा रहेको खाली जग्गामा आवश्यक काम हुनेछन् । जग्गाको नक्शापास, लागत अनुमान तथा माटो परीक्षणसमेत भइसकेको छ । आयोजना निर्माणको कागजी प्रक्रिया अन्तिम चरणमा पुगेको छ । 

यसपछि बोलपत्र आह्वान गरी निर्माण  शुरु गरिने बताइएको छ ।अहिले सो पाइपबाट भारत बिहारको राजधानी पटनामा पम्पिङ गरेर अमलेखगञ्ज डिपोमा डिजल आउने गरेको छ भने मोतिहारीमा पेट्रोल ल्याउने काम सम्पन्न भएपछि त्यहीबाट पम्पिङ गरेर पेट्रोल पनि ल्याइने छन । प्रति घण्टा तीन लाखदेखि ४ लाख लिटरसम्म पेट्रोल आपूर्ति गर्न सकिने छ ।

 पाइपलाइनबाट पेट्रोल आपूर्ति हुन थालेपछि ट्याङ्करबाट गर्ने ढुवानीमा खर्चको बचत, प्राविधिक नोक्सानीको अन्त्य, शुद्धता कायम , चुहावट र मिसावट अन्त्य हुनेछ । साथै प्रदूषण तथा वातावरणमा हुने क्षतिको अन्त्य  तथा भन्सार नाकामा हुने ट्याङ्करको चापसमेत अन्त्य र पेट्रोलको अभाव पनि अन्त्य हुने निगमका प्रादेशिक प्रमुख रेग्मीले बताउनुभयो । 

 मोतिहारीदेखि रकसौल–अमलेखगञ्जसम्म नेपाल भारत अन्तदेशीय पेट्रोलियम पाइपलाइनबाट अहिले डिजेल आउने गरेको छ । नेपालको लाइफलाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७०.२ किलोमिटर लम्वाइको सो पाइपलाइनबाट पेट्रोल ल्याउने सम्पूर्ण काम पूरा भएपछि प्राविधिक जाँच गरी एक वर्षभित्रै सञ्चालनमा आउने छ । 

 अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार भई सञ्चालनमा आएपछि  पश्चिमी तथा उत्तरी नेपालमा पेट्रोलियम पदार्थको अभाव समाप्त भएर जाने विश्वास निगमले लिएको छ । पाइपलाइन सञ्चलनमा आएपछि निगमलाई वार्षिक  रु ढेड अर्ब  बचत हुने विश्वास लिइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग