2026-09-22 08:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा दोहोरो अङ्कको गिरावट

फागुन २५, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह््यो । पछिल्ला दिनमा लगातार नेप्सेमा गिरावट आउँदा बजार पूँजीकरणलगायत अन्य सूचकमा प्रभाव परेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा आज २३.२२ विन्दुले ओरालो लागेर दुई हजार ४६१.८८ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूूचक ४.४७ विन्दुले घटेर ४४५.२१ मा ओर्लेको छ । नेप्सेमा अनुसार कारोवार रकम उल्लेख्य मात्रामा घटेको छ । कूल २१० कम्पनीको एक करोड २४ लाख ८२ हजार ४२८ कित्ता शेयर रु चार अर्ब ७५ करोड २७ लाख आठ हजार १४७ मूल्यमा खरिद बिक्री भए । 

कारोवार भएक कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल तथा पर्यटन ६८.११, जलविद्यत् ३६.३९ र सामूहिक लगानी कोष ०.०१ विन्दुले उकालो लागेको छ । बैंकिङ २१.७७, व्यापार ४९.८२, विकास बैंक २२, वित्त ४.४३, निर्जीवन बीमा ११४.७, उत्पादन ८८.७४, अन्य २०.४१ लघुवित्त ४७.४६, जीवन बीमा २०१.५६ र लगानी १.३४ विन्दुले घटेको छ । 

कारोरवारका आधारमा आज शिखर इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६५ करोड ३५ लाख ४१ हजार ८८७ बराबरको कारोवार भयो । यस्तै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु २९ करोड ६७ लाख ८७ हजार ७८० र अरुण भ्याली हाइड्रोपावर रु २९ करोड ३२ लाख ६६ हजार ८०६ कारोवार भएको छ । नेपाल पूर्वाधार बैंक रु २५ करोड ४९ लाख ७९ हजार ४९८, नेपाल दूरसञ्चार कम्पनी रु १७ करोड ६५ लाख ८४ हजार ९४६, नेपाल इन्स्योरेन्स कम्पनी रु १२ करोड ४५ लाख २३ लाख ५१४, ग्लोबल आइएमई बैंक रु १० करोड ८९ लाख २३ हजार ४२४, नबिल बैंक रु १० करोड ३९ लाख ५२ हजार १२९ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु नौ करोड ५१ लाख ६९ हजार ७०० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

कारोवारका आधारमा आज हिमालयन ऊर्जा विकास कम्पनी ९.९७, चन्द्रागिरि हिल्स ९.९२, नेपाल हाइड्रो डेभलपर ९.८८, रैराङ हाइड्रोपावर ९.७८, युनाइटेड फाइनान्स ९.७५, पञ्चकन्या माई हाइड्रोपावर ७.६९, अरुण भ्याली हाइड्रोपावर ७.२५, कालिका पावर कम्पनी ६.४०, घलेम्दी हाइड्रो ४.८० र रिडी हाइड्रोपावरका लगानीकर्ताले ४.४० प्रतिशतले कमाए । 

यस्तै, सपोर्ट माइक्रोफाइनान्स ५.१८, मिथिला लघुवित्त ४.६२, पोखरा फाइनान्स ३.५३, नारायणी डेभलपमेन्ट बैंक ३.२८, ग्लोबल आइएमई बैबंक ३.२५, साधना लघुवित्त ३.१९, मेरो माइक्रोफाइनान्स ३.०२ र युनाइटेड इदी मदी हाइड्रोपावरका लगानीकर्ताले २.५९ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित