2026-10-14 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सर्लाहीका विद्यालयमा बालबालिकाको लागि आउने दिवा खाजामा भ्रष्टाचार

फागुन २५, सर्लाही। हरिपुरलगायतका स्थानका विद्यालयमा बालबालिकाको लागि आउने खाजामा पनि भ्रष्टाचार भएको भन्दै स्थानीय अभिभावकले आक्रोश व्यक्त गरेका छन् । हरिपुर नगरपालिका–८ को इन्द्रपुरमा रहेको इन्द्रपुर प्राविमा खुवाइने दिवा खाजामा गुणस्तरहीन खाजा खुवाई भ्रष्टाचार गरिएको भन्दै अभिभावकले आक्रोश व्यक्त गरेका हुन् । 

विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक मिलेर  सरकारको तर्फबाट बालबालिकाको लागि आउने दिवा खाजामा भ्रष्टाचार गरी गुणस्तरहीन खाजा खुवाएको स्थानीय अभिभावक लक्ष्मी रायको आरोप छ । विद्यार्थीको खाजामा समेत भ्रष्टाचार गरी सरकारले तोकेअनुसारको खाजा नखुवाएको, खाजा बनाउन आएको घ्यू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रजाक धोवी र प्रधानाध्यापक महेन्द्र गिरीले घरमा लगेर गुणस्तरहीन तेलमा खाजा बनाई खुवाउने गरेको विद्यालय व्यवस्थापन समितिकी सदस्य सीता श्रेष्ठ (मुखिया) ले बताउनुभयो । 

नेपाली बजारमा नामै नसुनेको सफारी, साजन, सेफलगायतको नामका तेलमा खाजा बनाएर खुवाउने गरेको र नगरपालिकाले तयार पारिदिएको दिवा खाजा तालिकामा  हेरफेर गरिएको भन्दै आफूहरुले विरोध गरेको अभिभावकको भनाइ छ । आफूहरुले आफ्ना बालबालिकालाई दिनभर काम गरेर भए पनि बालबालिकाको स्वास्थ्यमा ध्यान दिएको तर विद्यालयले स्वास्थ्यमाथि खेलवाड गरी गुणस्तरहीन खाजा खुवाएर भ्रष्टाचार गरेको भन्दै विरोध गरेको उनीहरुको भनाइ छ । कक्षा ५ सम्म सञ्चालित विद्यालयमा करीब १०० विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रधानाध्यापक गिरीले आफूहरुमाथि लगाइएको आरोपको खण्डन गर्दै नेपाल सरकार र स्थानीय सरकारले तोकेअनुसारको नै खाजा खुवाउने गरेको बताउनुभयो । विद्यालयमा घ्यू नआएको र अभिभावकले आरोप लगाएअनुसार घ्यू आफूहरुले नलगेको उहाँले बताउनुभयो ।

त्यस्तै हरिपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख नागेश्वर यादवले नगरले तोकेअनुसारको नै खाजा खुवाएको र यदि कुनै विद्यालयले नगरले तोकेअनुसारको खाजा नखुवाएको पाइएमा आवश्यक कारवाही गर्ने बताउनुभयो । उहाँले तत्कालै नगरभित्रका सबै विद्यालयको स्थलगत अनुगमन गरी नगरले तोकेअनुसार भए नभएको अनुगमन गर्ने बताउनुभयो । 

स्थानीय सरकारले हरेक दिन फरकफरक परिकारको खाजा खुवाउनुपर्ने भन्दै तालिका तोकेको छ भने नेपाल सरकारले प्रतिविद्यार्थी दैनिक रु १५ का दरले खाजा  खुवाउन रकमको व्यवस्था गरेको छ । कतिपय विद्यालयमा बजारमा पाइने प्याकिङ भएका बजारको खाजा पनि खुवाउने गरेको पाइएको अभिभावकले बताएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश