2026-10-13 11:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली करिडोरको काम प्रभावित

चैत २, कर्णाली । राष्ट्रिय गौरवको योजनाअन्तर्गत हिल्सा– सिमकोट सडक योजना निर्माण प्रभावित भएको छ । ट्र्याक खोल्ने कार्यमा कडा चट्टानी भिर विस्फोट गर्न ‘नेपालइँट ३००० केजी’  काठमाडौँबाट गत फागुन १२ गतेसम्म सुर्खेतमा ल्याइसकिए पनि नेपाली सेनाको स्काई ट्रकले हालसम्म हुम्ला उडान गर्न नसकेकाले निर्माण प्रभावित भएको छ । 

कडा चट्टान विस्फोटन गर्न निर्माण व्यवसायीले पहरामा प्वाल खोपेर विस्फोटनका लागि तयारी गरेको छ । हिल्सा– सिमकोट सडक योजनाका योजना प्रमुख विसुनदास लामाका अनुसार सो आयोजनाअन्तर्गत च्याछरा भिर, हेप्का, बोक्चेगौँडा, छारे भिर र दुल्लीकुनामा विस्फोटका लागि विस्फोटक पदार्थ नहुँदा काम रोकिएको र नेपाली सेनाको सैनिक विमान उडानका लागि अनुरोध गरेर उडान शुल्कसमेत जम्मा गरिसकिएको छ । 

योजनाअन्तर्गत चार पुल (याङ्गार खोला, सल्ली खोला, ताग्रु खोला र हेप्का खोला) निर्माण भइरहेको छ । शीघ्र कार्य गर्न निर्माण व्यवसायीलाई मौखिक तथा लिखित निर्देशन योजना कार्यालयबाट समेत दिइसकिएको छ । विसं २०७८ सम्म हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने योजना कार्यालयको लक्ष्य छ । हुम्ला राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुँदा निर्माण सामग्री ढुवानी गर्न हेलिकप्टर, खच्चर र उत्तरी नाका हिल्साको भर पर्नुपर्ने अवस्था छ । 

निर्माण सामग्री ढुवानीका लागि कोभिड–१९ का कारण उत्तरी नाका हिल्सासमेत नखुलेको हुँदा पुलका लागि प्रयोग हुने आवश्यक निर्माण सामग्री डण्डी, सिमेन्टलगायत निर्माणस्थलसम्म ल्याउन कठिन भएकाले याङ्गार खोला पुल निर्माणमा ढिलाइसमेत भएको पुल निर्माणका प्रतिनिधि अकिल बुढाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश