चैत ४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११५ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३९ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ २२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९३ पैसा, पाउण्ड एकको खरिददर १६० रुपैयाँ ५ पैसा र बिक्रीदर १६१ रुपैयाँ २२ पैसा रहेको छ ।

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९० रुपैयाँ रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८० पैसा र बिक्रीदर ३१ रुपैयाँ ९६ पैसा रहेको छ ।