2026-09-18 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोगडे खोला लघुजलविद्युत् आयोजना सम्पन्नः स्थानीयवासीमा खुशीयाली

रमेश केसी । चैत ५, बझाङ । विद्युत् सुविधाबाट बञ्चित बझाङका केदारस्यु गाउँपालिकामा निर्माण गरिएको दोगेडे खोला लघुजलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्न थालेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा केदारस्यु गाउँपालिकामा ५५ किलोवाट क्षमताको दोगेडे खोला लघुजलविद्युत् आयोजना निर्माण भएको हो । 

सो आयोजनाबाट गाउँपालिकाको आधा दर्जनभन्दा बढी गाउँका स्थानीयवासी लाभान्वित भएका छन् । आयोजनाबाट विनाडा, भाडसैन, त्याडिगाउँ र गाँजरीलगायतका गाउँमा विद्युत् पुगेपछि स्थानीयवासी खुशी भएका छन् । 

करीब रु दुई करोडकोे लागतमा निर्माण भएको दोगेडे खोला लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रयोग गर्नका लागि थापागाउँ, सिङराली, गोठेखान र रोतागाडाको स्थानीयवासीको घरमा वाइरिङको काम सञ्चालनमा रहेकाले ती गाउँमा पनि छिट्टै बिजुली बत्ती पु¥याउने योजना रहेको आयोजनाका अध्यक्ष विर्ख गुर्धामीले बताउनुभयो । 

मतदाता नामावली सङ्कलन शुरु

जिल्ला निर्वाचन कार्यालय बझाङले यही चैत ५ गतेदेखि मतदाता नामावली अद्यावधिक गर्ने कार्य शुरु गरेको छ ।स्थानीय तहबाट सहायक नाम दर्ता अधिकारीले सङ्कलन गरेर ल्याएको विवरणअनुसार मतदाता नामावली अद्यावधिक शुरु गरिएको हो । वडा सचिवमार्फत सहायक नाम दर्ता अधिकारीले सङ्कलन गरेको विवरण निर्वाचन कार्यालयमा बुझाइसकेका छन् । 

प्राप्त विवरणअनुसार बसाइँसराइ गरेका, मृत्यु भएका, नागरिकता त्यागेकाको नामावली हटाउन थालिएको छ । दोहोरो नामावली परेकाको एक ठाउँमा मात्र कायम गर्ने काम भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अप्रेटर प्रेम बोहराका अनुसार गत पुस ५ गतेसम्म ६० हजार ९८७ जनाले तस्बिरसहितको मतदाता नामावली दर्ता गरेका थिए । १८ वर्ष पुगेका तथा मतदाता नामावलीमा नाम लेखाउन छुटेका नेपाली नागरिकले पुनः मतदाता नामावलीमा नाम लेखाउन सक्नेछन् ।

बझाङका १२ ओटा स्थानीय तहमध्ये सबैभन्दा धेरै मतदाता बुङगल नगरपालिकामा १९ हजार ६३ रहेका छन् । सबैभन्दा कम साइपाल गाउँपालिकामा एक हजार २५२ मतदाता रहेको कम्प्युटर अप्रेटर बोहराले बताउनुभयो । उहाँका अनुसार जिल्लामा हाल १२५ मतदानस्थल रहेका छन । 

स्थानीय तहको शिक्षा शाखामा इ–लाइबे्ररी

यहाँका स्थानीय तहको शिक्षा शाखामा तहका इ–लाइब्रेरी स्थापना गर्ने भएको छ । साझा शिक्षा इ–पाटी नामक गैरसरकारी संस्थाले जिल्लाका १२ वटै स्थानीय तहका शिक्षा शाखामा इ–लाइब्रेरी स्थापना गर्न लागेको हो । संस्थाले बझाङका ४३ वटा विद्यालयमा ९५० ल्यापटप पनि वितरण गरिसकेको छ । स्थानीय तहको शिक्षा शाखामा स्थापना गर्न लागिएको इ–लाइब्रेरीमा कक्षा १ देखि ८ सम्मका डिजिटल शैक्षिक सामग्री राखिने बताइएको छ । साझा शिक्षा इ–पाटीका सिनियर मेनेजर टीकाराज कार्कीले उक्त लाइब्रेरीबाट विद्यार्थीले अध्ययन सामग्री डाउनलोड गर्न सजिलो हुने बताउनुभयो । उहाँका अनुसार इ–लाइब्रेरीमा आठ हजार पुस्तक, १५ हजार अडियो र १२ हजार भिडियो सामग्रीसहित ब्रिटिस काउन्सिललगायतका अभ्यास सामग्री पनि राखिने छ । इ–लाइब्रेरीमा अनलाइन र अफलाइनमा काम गर्न सकिने बताइएको छ ।

कार्कीका अनुसार अहिलेसम्म बझाङका १० स्थानीय तहका शिक्षा शाखामा इ–लाइब्रेरी स्थापना भइसकेको र चैतभित्र बाँकी दुई स्थानीय तह केदारस्यू र बित्थडचीर गाउँपालिकामा जडान गर्न सकिने उहाँले जानकारी दिनुभयो । 

 कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी 

जिल्ला कारागार बझाङमा क्षमता भन्दा तेब्बर कैदीबन्दी बस्दै आएका छन् । पच्चीस जना क्षमताको कारागारमा हाल ३८ कैदीबन्दी र ३७ थुनुवा गरी ७५ जना बस्दै आएका छन् । महिला बन्दीका लागि बनाएको भवनमा पुरुष बन्दी बस्नुपर्ने बाध्यता रहेको छ भने महिला कैदीबन्दी तथा थुनुवा आएको खण्डमा अर्कै जिल्लामा सार्नुपर्ने अवस्था रहेको जिल्ला कारागारका जेलर धनबहादुर घर्तीले बताउनुभयो । 

हाल ६ कोठामा कैदीबन्दी कोचिएर बस्नुपर्ने अवस्था छ । शौचालयमा दिसापिसाब गर्नसमेत समस्या हुने गरेको घर्तीले बताउनुभयो । खेलकुद, पुस्तकालय, मनोरञ्जनका साधन त परैजाओस् ७५ जनाका लागि दुई शौचालय मात्रै हुँदा बिहानदेखि दिउँसो १२ बजेसम्म दिसापिसाबका लागि लाइनमा बस्नुपर्ने बाध्यता रहेको र एउटै कोठामा धेरैजना बस्ने भएकाले हलचल गर्न र श्वास फेर्नसमेत कठिन हुने गरेको जिल्ला कारागार बझाङका नाइके भक्त भण्डारीले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले आफू भर्खरै सरुवा भई जिल्लामा आएको र कारागारको केही दिनमा अनुगमन गर्ने र सघन शहरी विकास तथा भवन निर्माण आयोजना डोटीसँग बुझेर भवनका लागि पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई