साउन २३, मुगु । शनिबार राति परेको पानीसँगै आएको बाढीले सम्पन्न हुन लागेको एक विद्युत् आयोजनाको नहर भत्कँदा २० वर्षदेखिको विद्युत् बाल्ने गाउँलेको सपना चकनाचुर भएको छ । 

माग्री गाविस– ७ मा रहेको च्याप्नेगाढमा गए राति बाढी आउँदा उक्त "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, मुगु । शनिबार राति परेको पानीसँगै आएको बाढीले सम्पन्न हुन लागेको एक विद्युत् आयोजनाको नहर भत्कँदा २० वर्षदेखिको विद्युत् बाल्ने गाउँलेको सपना चकनाचुर भएको छ । 

माग्री गाविस– ७ मा रहेको च्याप्नेगाढमा गए राति बाढी आउँदा उक्त "/>

2026-06-17 09:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगुमा सम्पन्न हुन लागेको विद्युत आयोजनाको नहर बग्यो

साउन २३, मुगु । शनिबार राति परेको पानीसँगै आएको बाढीले सम्पन्न हुन लागेको एक विद्युत् आयोजनाको नहर भत्कँदा २० वर्षदेखिको विद्युत् बाल्ने गाउँलेको सपना चकनाचुर भएको छ । 

माग्री गाविस– ७ मा रहेको च्याप्नेगाढमा गए राति बाढी आउँदा उक्त खोलामा निमार्णाधीन माग्री जलविद्युत् आयोजनाको निर्माण भइसकेको २६५ मि पक्की नहर बिग्रेको हो । विसं २०५३ मा दुर्गम क्षेत्र विकास समितिले माग्री गाविसका ५, ६, ७, ८ र ९ वडाका ४०० घरधुरीलाई लक्ष्य गरी २५ किलोबाट विद्युत् उत्पादन गर्ने गरी निर्माण थालेको सो आयोजना यस वर्ष भदौ मसान्तमा सम्पन्न भएर आगामी दसैँमा उद्घाटन गर्ने योजना रहेको आयोजनाका अध्यक्ष सोनाम लामा बताउनुहुन्छ । 

दसैँदेखि विद्युत् उत्पादन भई वितरण हुने भएपछि गाउँलेले आआफ्ना घरमा विद्युतीय सामान जडान गरिरहेका थिए । एक्कासि बाढीले नहर बिगारेपछि अब कहिले बन्ने हो भनेर आफूहरु चिन्तित भएको माग्री गाउँका पात्मा नाम्गेल तामाङ बताउनुहुन्छ । 

बीस वर्ष बितिसक्दा पनि कम बजेटका कारण निर्माण ढिलाइ भएको भन्ने जनगुनासो आएपछि यस वर्ष दुर्गम क्षेत्र विकास समितिले रु तीन लाख, नेपाल जलवायु सहयोग कार्यक्रमले रु पाँच लाख र निर्वाचन क्षेत्र विकास कार्यक्रमले रु १४ लाख विनियोजना गरेका थिए । निमार्णाधीन सो आयोजना जिल्ला सदरमुकाम गमगढीबाट १२ कोस पूर्वमा छ । 

यसैबीच शुक्रबार र शनिबार राति परेको पानीले श्रीनगर गाविस– ३ ठिनीका वीरबहादुर खड्काको चारतले घर, श्रीनगर चारघाटका प्रवेश मल्लको चारकोठे घर र श्रीनगर चार घरकै मानबहादुर मल्लको दुईतले घर पूर्ण रुपमा भत्केको प्रहरीले बताएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु