2026-10-13 09:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा ६३ अङ्कको वृद्धि, लघुवित्तका लगानीकर्ताले कमाए

चैत ८, काठमाडौँ | साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६३.३८ ले उकालो लागेर दुई हजार ५३८.४६ मा पुगेको छ । 

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.४४ ले उकालो लागेर ४५३.५९ मा पुगेको छ । कूल २०६ कम्पनीको एक करोड २४ लाख ३० हजार २ कित्ता शेयर रु पाँच अर्ब ९१ करोड ९८ लाख २४ हजार ५६९ मूल्यमा खरिद बिक्री भए । 

कारोवार भएका १३ उपसमूहको नै शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ २६.५२, व्यापार १३.२, होटल तथा पर्यटन १५३.७७, विकास बैंक ४६.८७, जलविद्युत् १३.८, वित्त ६.३७, निर्जीवन बीमा ५६१ं३४, उत्पादन १७२.८८, अन्य ५७.९४, लघुवित्त २४६.६, जीवन बीमा ७४२.७६, सामूहिक लगानी कोष ०.१६ र लगानी १.२५ अङ्कले बढेको छ । 

आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३५ खर्ब चार अर्ब ८४ करोड ५६ लाख ८० हजारको हाराहारी पुगेको छ । कारोवारमा आधारमा आज नेपाल बङ्गलादेश बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३९ करोड ९० लाख २२ हजार बराबरको कारोवार भयो । 

यस्तै, नेपाल लाइफ इन्स्योरेन्सक म्पनी रु ३१ करोड २० लाख ९४ हजार ९८,नेपाल पूर्वाधार बैंक रु २१ करोड १८ लाख ३८ हजार ७४८, माथिल्लो तामाकोशी रु १५ करोड ६३ लाख ६२ हजार ९२९, नबिल बैंक रु १३ करोड ९० लाख २९ हजार ६४५, नेपाल पुर्नबीमा कम्पनी रु १३ करोड १८ लाख ३६८, नेको इन्स्योरेन्स रु १२ करोड ६२ लाख ४३ हजार ९७२, डिप्रोक्स लघुवित्त रु १२ करोड १५ लाख ८५ हजार ४००, हिमालयन डिस्टिलरी रु १२ करोड १५ लाख ८५ हजार ४०० र अरुण भ्याली हाइड्रोपावर रु १२ करोड सात लाख ९९ हजार ५१५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

यस्तै, स्वरोजगार लघुवित्त विकास बैंक, मिथिला लघुवित्त सूर्योदय लघुवित्तका लगानीकर्ताले समान १० प्रतिशतले कमाउँदा सामुदायिक लघुवित्त ९.९९, समिट लघुवित्त ९.९८, चन्द्रागिरि हिल्स ९.९८, किसान लघुवित्त ९.९७, स्वाभिमान लघुवित्त ९.९६, यूनाइटेड इदी मदी हाइड्रोपावरका शेयरधनीले ९.७९ प्रतिशतले कमाए । यसैगरी ग्रीन लाइफ हाइड्रोपावर ६.०६, खानीखोला हाइड्रोपावर ६.०२, जोशी हाइड्रोपावर ५.१५, घलेम्दी हाइड्रोपावर ४.२२, दिव्यश्वरी हाइड्रोपावर ४.०३, एनआइबिएल प्रगति फण्ड ३.८३ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ३.८२ प्रतिशतले गुमाए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश