2026-08-25 07:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाली बजारमा भन्सार छलीका सामान

चैत ९, सर्लाही । सर्लाहीमा चोरी तस्करी तथा लागुऔषधको ओसारपसार बढेको छ । तस्करले सीमा पारीका भारतीय बजारबाट भन्सार छलेर लत्ताकपडा, खाद्यान्न, घरायसी सामान, मोटरपार्टस, मेसिनरी सामान, जुत्ताचप्पललगायत सामानका साथै विभिन्न किसिमका लागुऔषध नेपाल भित्र्याउने, नेपाली बजारमा पाइने घरेलु मदिरा र लागुऔषध भारतीय बजारमा पु¥याउने गरेका पाइएको छ । 

तस्करले जिल्लाका  सबैजसो बजारमा अवैध रुपमा भन्सार छलेर ल्याएका सामान पु¥याउन थालेपछि नेपाली व्यापारी मर्कामा परेका जिल्ला सदरमुकाम मलङ्गवाका व्यापारी राजकरण यादवले गुनासो गर्नुभयो । “त्यस्ता सामान सस्तो मूल्यमा पाइन थालेपछि हामीजस्ता वैध ढङ्गले व्यापार गर्ने ब्यापारीको व्यवसाय नै धरापमा परेको छ ।” नेपाल–भारत सीमा क्षेत्रमा सदरमुकाम मलङ्गवासहित पूर्वमा त्रिभुवन नगर–सोन वर्षा, पर्सा–सहोडवा, नारायणपुर दरवार लालबन्दी, संग्रामपुर नाका र पश्चिममा भेडियाही–लडकवा, खुटौना–भलुवाहा, भाँडसर–कन्हौली, बहादुरपुर, पकडीफेन्हारासहित बलरा नाका खुल्ला सिमाना भएका नाका हुन् । यी नाकाबाट  तस्करले अवैध रूपमा भन्सार छलेर सामान ओसारपसार गर्ने गरेका छन् । चोरी तस्करीका कारण राजश्व सङ्कलनमा प्रभाव परेको भन्सार कार्यालय मलंगवाले जनाएको छ । 

चोरी तस्करीका कारण व्यापार, व्यवसाय सुस्त भएकाले जिल्लाको व्यापार, व्यवसाय सहज बनाउन र सीमाको सुरक्षा व्यवस्था चुस्त बनाएर चोरी तस्करी नियन्त्रण गर्न आफुहरु प्रमुख जिल्ला अधिकारीसमक्ष प्रतिनिधिमण्डल जाने तयारीमा रहेको उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशीले बताउनु भयो ।

जिल्ला सदरमुकाम मलंगवा लगायत लालबन्दी, बरहथवा, बयलबास, गोडैता, कौडेना, पकडीफेन्हारा, संग्रामपुर, हरिपुर, हरिवन, नवलपुरलगायत बजारमा भारतबाट भन्सार छलेर आएका सामानका कारण भन्सार बुझाइएका सामान लुप्त रहेको व्यापारीले बताएका छन् ।

भारतीय बजारमा मदिरा कारोवार गर्न नपाइने भएका कारण सीमावर्ती क्षेत्रका बजारमा यसको  कारोवार बढ्दै गएको सीमा क्षेत्रका स्थानीयले बताएका छन् । भारतको बिहार राज्यमा मदिराको कारोवारमा पूूर्ण रुपमा प्रतिबन्ध लगाएपछि जिल्लाको सीमावर्ती क्षेत्रमा अवैध मदिराको कारोवार बढेको उद्योग वाणिज्य सङ्घ सर्लाहीले जनाएको छ । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा क्षेत्रको सुरक्षामा कडाइ गरेपनि ससाना छाप्रो बनाएर अवैध रुपमा मदिराको कारोवार हुने गरेको छ । सीमा क्षेत्रमा अधिकांश मदिरा पसल भारतीय नागरिकद्वारा सञ्चालित छन् भने विना दर्ता सञ्चालनमा रहेका मदिरा पसलको नियमन पनि हुन सकेको छैन । 

स्थानीय प्रहरीले मदिराको कारोवार रोक्न सीमा क्षेत्रका पसल सञ्चालकलाई पटक पटक आग्रह गरेपनि प्रहरीको आग्रहको बेवास्ता गरी सीमा क्षेत्रका व्यापारीले मदिराको कारोवार गर्दै आएका छन् । कतिपय ठाउँमा मदिरा बनाउने भट्टीमा छापा मारेर तयारी मदिरा र मदिरा बनाउन प्रयोग हुने सामान र कच्चापदार्थ जफत तथा नष्ट गरिसकेको भए पनि  पुनःसञ्चालन भइरहेको पाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताउनुभयो ।

नेपाल–भारत सिमा नाका अहिले बन्द रहेको छ । सीमा क्षेत्रका स्थानीयवासीले अवैध रुपमा हुँँदै आएको मदिराको कारोवार रोक्न र सीमा क्षेत्रमा शान्ति सुुरक्षा चुस्त दुरुस्त पार्न सर्लाहीका प्रमुख जिल्ला अधिकारीसँग पटकपटक आग्रह गरेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग