2026-11-03 01:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रामग्रामका शहरी पूर्वाधार निर्माणमा विश्व बैंकको सहयोग

चैत १२, नवलपरासी । (बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिकामा शहरी पूर्वाधार निर्माणका लागि विश्व बैंकले सहयोग गर्ने भएको छ । यसका लागि विश्व बैंकको सहयोगमा सञ्चालनमा आएको नेपाल शहरी शाहकीय र पूर्वाधार आयोजना र नगरपालिकाबीच सम्झौता भएको छ । 

उक्त आयोजनामार्फत रामग्रामलाई रु ६२ करोड २२ लाख अनुदान सहयोग प्राप्त हुनेछ । नयाँ बन्ने शहरलाई व्यवस्थित गर्न र दिगो शहरी विकास प्रवद्र्धन गर्ने उद्देश्यले सो बैंकमार्फत रामग्रामलाई रु ६२ करोड २२ लाख अनुदान सहयोग प्राप्त हुन लागेको नगर प्रमुख नरेन्द्र गु्प्ताले जानकारी दिनुभयो ।  

विश्व बैंकले सरकारलाई दिने सहुलियत ऋण शहरी विकास मन्त्रालयमार्फत उपलब्ध हुन लागेको हो । उक्त सहयोग नगरपालिकाको विशेष महत्व राख्ने सडक र फोहर व्यवस्थापनको क्षेत्रमा लगानी गरिने उहाँले बताउनुभयो । 

यस परियोजना अन्तर्गत परासीदेखि पाल्ही क्याम्पस हुँदै भारतीय सीमा जोड्ने र औँचावलदेखि भुसुनापुर जोड्ने सडकको स्तरोन्नति प्राथमिकतामा रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले परिपथ निर्माणको तयारी पनि गरिरहेको जनाएको छ । 

“नयाँ बन्ने शहर व्यवस्थित होस् र नगरपालिकको आन्तरिक क्षमताको पनि विकास होस् भन्ने उद्देश्यले अनुदान सहयोग प्राप्त हुन लागेको हो, यो सहयोगले नगरको मुहार परिवर्तन गर्छ भन्ने हामीले विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो । 

सो परियोजनामार्फत कार्यान्वयन गरिने योजनाको छनोट, कार्यान्वयन, अनुगमन र नियमन नगरपालिकाले नै गर्नेछ । चालू आवमा योजना छनोट गरी प्राविधिक काम सक्ने र आगामी आवदेखि योजना कार्यान्वयनमा लैजाने गरी तयारी शुरु गरिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले नै सञ्चालन गर्न लागेको यो सबैभन्दा ठूलो परियोजना हो । परियोजना अन्तर्गत कार्यान्वयन गरिनेप्रति आयोजनाको लागत कम्तीमा रु २० करोड भन्दा माथिको हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले जानकारी दिनुभयो । यो परियोजना अन्तर्गत सञ्चालन हुने आयोजना पाँच वर्षभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

रामग्राम जिल्लाको सबैभन्दा पुरानो नगरपालिका हो । भगवान् गौतमबुद्धको अस्तुधातु रहेकोस्थल रामग्राममा नै रहेको छ । नगरपालिकालाई लुम्बिनीसँग जोडेर सफा, सुन्दर र हराभरा बनाउने अभियानलाई समेत परियोजनाले टेवा पु¥याउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको पहिलो जित साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य सर्वोच्च अदालतको ५ बुँदे निर्णय सार्वजनिक, निष्पक्ष छानबिन गर्न आग्रह सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु बिचौलिया प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस महामन्त्री पौडेल सर्वोच्चमा ४ घन्टादेखि पूर्ण बैठक जारी काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ रोज्यो, कर्णाली ब्याटिङमा मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड