<p><b>चैत १३, काठमाडौँ ।</b> शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा आज प्रतितोला रु ६ सयले घटेर छापावाल सुनको मूल्य ८६ हजार ३ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । <br></p><p>यसअघि बिहिबार छापावाल सुनको मूल्य ८६ हजार ९ सयमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य ८५ हजार ८ सय ५० कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । </p><p>आज प्रतितोला चाँदी रु १२ सय ३० मा कारोबार भएको छ ।</p>
