2026-09-22 06:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भन्सार एजेन्ट भएर काम गर्ने ? ६६० जनाको लागि खुल्यो आवेदन

चैत्र १६, काठमाडौं । भन्सार विभागले भन्सार एजेन्टको इजाजतपत्र (लाइसेन्स)को लागि आवेदन खुल्ला गरेको हो । विभागले सोमबार एक सूचना जारी गरी ६ सय ६० जना भन्सार एजेन्टको नयाँ लाइसेन्सका लागि दरखास्त खुल्ला गरेको हो ।

भन्सार एजेन्टको लागि दरखास्त दिन चाहने योग्य उम्मेदवारले आगामी वैशाख ५ गतेसम्म सिंगल दस्तुर र वैशाख १२ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । ३ हजार रुपैयाँ तिरेर आवश्यक काजपत्र विभागको अनलाइनबाट नै दरखास्त दिन सकिनेछ । 

२१ वर्ष उमेर पुगेको नेपाली नागरिक, मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तीर्ण गरी कम्प्यूटर सम्बन्धी कम्तीमा तीन महिनाको आधारभूत तालिम लिएको, नेपाल सरकारलाई तिर्न बुझाउन पर्ने रकम बाँकी नभएको र कुनै फौजदारी अभियोगमा अदालतबाट कसूरदार प्रमाणित नभएको  नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् ।

२०६५ सालमा भन्सार एजेन्टको प्रतिनिधि नियुक्त भई दुई वर्ष काम गरेको व्यक्तिलाई सम्बन्धित भन्सार कार्यालय प्रमुखले सो व्यहोरा प्रमाणित गरेमा शैक्षिक योग्यता आवश्यक पर्दैन । काम गरेकालाई आईए वा सो सरहको योग्यता भए पुग्छ । तर, परीक्षामा सबै समान रूपमा सहभागी भने हुनुपर्छ । 

विभागले लिखित परीक्षा तथा अन्तर्वार्ताको माध्यमद्वारा दरखास्तवाला मध्येबाट भन्सार एजेन्टको इजाजतपत्र दिन उपयुक्त व्यक्तिहरूको छनोट गर्नेछ । त्यसरी छनोट भएको व्यक्तिसँग भन्सार एजेण्टको इजाजतपत्र दस्तुर वापत सात हजार रूपैंयाँ र धरौटी वापत सात लाख रूपैंयाँ नगद वा सो रकम बराबरको बैङ्क जमानत लिई विभागमा दरखास्त दिनेको हकमा विभागले र भन्सार कार्यालयमा दरखास्त दिनेको हकमा सम्बन्धित भन्सार कार्यालयले अनुसूची–६ बमोजिमको ढाँचामा भन्सार एजेन्टको इजाजतपत्र दिनु पर्नेछ । 

भन्सार एजेन्टको इजाजतपत्रको अवधि एक आर्थिक वर्षसम्म कायम रहनेछ । यस्तो इजाजतपत्र नवीकरण गराउन चाहने इजाजतपत्रवालाले प्रत्येक आर्थिक वर्षका लागि सो आर्थिक वर्ष शुरु हुनु अगावै नवीकरण दस्तुर वापत सात हजार रूपैंयाँ तिरी कर चुक्ताको प्रमाणपत्र, बैङ्क जमानत राखी भन्सार एजेण्टको इजाजतपत्र लिएको भए त्यस्तो इजाजतपत्र नवीकरण गराउन चाहेको अवधिसम्म म्याद भएको बैङ्क जमानतको कागजात संलग्न गरी त्यस्तो इजाजतपत्र नवीकरण गराउनका लागि इजाजतपत्र दिने अधिकारी समक्ष निवेदन दिनु पर्नेछ तर भन्सार एजेन्टको इजाजतपत्र नवीकरण गराउन चाहने इजाजतपत्रवालाले तीन आर्थिक वर्षको निमित्त एकैपटक नवीकरण गराउन चाहेमा तीन आर्थिक वर्षको नवीकरण दस्तुर एकमुष्ठ तिरेर नवीकरण गराउन सक्ने व्यवस्था छ ।

के हो भन्सार एजेन्ट ?

एउटा देशबाट अर्को देशमा निकासी तथा पैठारी हुने वस्तुको भन्सार क्लियरेन्सका लागि त्यस्तो निर्यातकर्ता वा आयातकर्ता व्यक्तिले नियुक्त गर्ने आधिकारिक प्रतिनिधि भन्सार एजेन्ट हो । भन्सार एजेन्टले क्रसबोर्डर तस्करी रोक्न, आयातीत वस्तुको शुल्क र ट्यारिफ व्यवस्थित रुपमा संकलन गर्न, बौद्धिक सम्पत्तिको अधिकार रक्षा गर्न, स्थानीय बजार तथा उपभोक्ताको हित रक्षा गर्न तथा अन्तर्राष्ट्रिय दायित्वहरु पूरा गर्न भूमिका खेल्दछन् ।भन्सार एजेन्टले विदेशबाट नेपाल आउने सामान र नेपालबाट विदेश जाने वस्तुको आयात–निर्यातमा सहजीकरण गर्ने छन् । भन्सार भन्सार एजेन्टको लाइसेन्सको लागि २०५६ सालदेखि परीक्षा हुन सकेको थिएन । विभागले २० वर्षअघि ४०० भन्सार एजेन्टलाई लाइसेन्स दिएको थियो ।   त्यसबेला लाइसेन्स लिएका एजेन्टमध्ये अहिले १७० मात्रै काममा रहेको जनाइको छ । २० वर्ष पहिले एजेन्टको लाइसेन्स लिंदा परीक्षा भएको थिएन । तर यस वर्ष भने विभागले परीक्षा लिएर नै नयाँ लाइसेन्स दिन लागेको हो । 

हेर्नुहोस् सूचना 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित