2026-10-13 08:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा पाँच अङ्कको गिरावट

चैत १६, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५.४५ बिन्दुले ओरालो लागेर दुई हजार ५४३.५२ मा पुगेको छ । 

यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३९ बिन्दुले ओरालो लागेर ४४९.९२ मा पुगेको छ । कूल २०९ कम्पनीको ९१ लाख ३८ हजार ९३५ कित्ता शेयर रु चार अर्ब ४१ करोड तीन लाख ४५ हजार ३० मा कारोवार भयो । सोमबारको कारोवारपछि बजार पूँजीकरण रु ३५ खर्ब १२ अर्ब ७० करोड ६३ लाख ४० हजारको हाराहारीमा रहेको छ । 

कारोवार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ । जलविद्युत् २४.५२, वित्त ५.२ र लघुवित्त ४४.५ अङ्ले बढ्दा बैंकिङ ६.७२, व्यापार २१२.८३, होटल तथा पर्यटन १४४.८२, विकास बैंक ०.४८, निर्जीवन बीमा २१.९, उत्पादन २०.१८, अन्य १९.२१, जीवन बीमा ३०.६५, सामूहिक लगानी कोष ०.०६ र लगानी ०.०६ बिन्दुले ओरालो लागेको छ । 

नेप्सेका अनुसार कारोवारका आधारमा आज नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४४ करोड ३१ लाख ६५ हजार २६३ बराबरको कारोवार भयो । यस्तै, माथिल्लो तामाकोशी रु ३८ करोड ७७ लाख ९० हजार ९१, चन्द्रागिरि हिल्स रु ३७ करोड सात लाख ७६ हजार ४९०, नेपाल बङ्गलादेश बैंक रु १४ करोड ६९ लाख ४९ हजार २६३, एचआइडिसिएल रु १२ करोड ८९ लाख ३५ हजार ७९, हिमालयन डिस्टिलरी रु नौ करोड ५२ लाख ५३ हजार १६०, अजोड इन्स्योरेन्स रु आठ करोड ९५ लाख ६७ हजार ६६०, नेपाल पुर्नबीमा कम्पनी रु आठ करोड १० लाख र नेपाल लाइफ इन्स्योरेन्स रु सात करोड ३४ लाख ८२ हजार ६३६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

उन्नती सहयात्रा लघुवित्तका लगानीकर्ताले १० प्रतिशतले कमाए । सो कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । अजोड इन्स्योरेन्स ९.९२, महिला लघुवित्त ९.८५, समिट लघुवित्त ९.४३, रिडी हाइड्रोपावर ७.१८, सारथी नेपाल लघुवित्त ६.९९, बोमी लघुवित्त ५.९६, युनाइटेड इदी ममर्दीह ाइड्रोपावर ५.६३, हिमालयन ऊर्जा विकास कम्पनी ५.४५ र लक्षमी लघुवित्तका लगानीकर्ताले ५.४१ प्रतिशतले कमाए । 

यस्तै, चन्द्रागिरि हिल्स ७.१७, माउण्टेन हाइड्रो ६.६७, साल्ट टे«डिङ कर्पोरेशन ४.८७, कालिका पावर ४.२८, एनएमबीका लगानीकर्ताले ३.९७ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश