2026-10-13 08:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘कृषि विकासका निम्ति नेपाल र इजरायलबीच सहकार्य गरौँ’

चैत १९, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कृषि विकासका क्षेत्रमा इजरायलले हासिल गरेको प्रगति नेपालका निम्ति उपयोगी हुने बताउँदै त्यसका लागि दुई देशबीच सघन सहकार्य अत्यावश्यक भएको विचार व्यक्त गर्नुभएको छ । 

नेपालका लागि इजरायलका राजदूत हनान गोडेरसँग आज आफ्नै कार्यकक्षमा भएको शिष्टाचार भेटमा उहाँले नेपाल र इजरायलबीचको छ दशक पुरानो कूटनीतिक सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै दुई देशबीच कृषि, पर्यटन, सूचना–प्रविधिलगायत क्षेत्रमा सहकार्य र साझेदारीमा जोड दिनुभयो । 

सांसद सुरेन्द्र कार्कीको संयोजकत्वमा नेपाल–इजरायल संसदीय मैत्री समूह गठन गरिएको जानकारी दिँदै सभामुख सापकोटाले दुई देशका संसद्–संसद्बीचको सम्बन्धलाई जीवन्त बनाउन दुबै देशबाट थप प्रयत्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोभिड–१९ का कारण रोकिएका उच्चस्तरीय भ्रमण आदानप्रदानलगायत द्विपक्षीय गतिविधिले परिस्थिति सहज हुनेबित्तिकै गति लिने विश्वास व्यक्त गर्नुभयो । 

इजरायल–नेपाल सम्बन्धका विविध पक्षबारे चर्चा गर्दै राजदूत गोडेरले भूगोलका हिसाबले  दुवै देशका साना भए पनि भाषा, संस्कृति र परम्परामा समृद्ध रहेका तथा आपसी सहकार्यका प्रशस्त सम्भावना रहेका बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश