2026-09-22 05:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आवश्यकता हेरेर पेट्रोल पम्पको इजाजत दिन्छौँ : उद्योगमन्त्री भट्ट

चैत २०, काठमाडौं  । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यवसायको आवश्यकता हेरेर पेट्रोल पम्प सञ्चालनको इजाजत दिइने बताउनुभएको छ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोशिएसनको ४२औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा आज उहाँले आवश्यकता भए थप इजाजत दिने बताउनुभएको हो ।  

आफूले कतिपय पेट्रोल पम्पले विचारधाराका आधारमा तेल वितरण गर्ने गरेको देखेको उल्लेख गर्दै उहाँले विपरीत विचार हुनेले तेल नपाउने गरी पेट्रोलियम पदार्थमा राजनीति नगर्न व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले आयल निगमसँग सम्बन्धित नीतिगत समस्यालाई समाधान गर्न सरकार लागिपरेको समेत बताउनुभयो । “निगमसम्बन्धी समस्याहरुलाई प्राविधिक रुपमा भन्दा पनि नीतिगत रुपमा समाधान गर्न हामी लागिपरेका छौँ, राष्ट्रिय पेट्रोलियम नीतिको मस्यौदा तयार भइसकेको छ, थप छलफल गरी नीति ल्याउछौँ”, उहाँले भन्नुभयो ।

पेट्रोलियम व्यवसायीको छाता सङ्गठनका रुपमा रहेको नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोशिएसनको नयाँ कार्यसमिति चयनका लागि शनिबार निर्वाचन हुँदैछ । कोरोना महामारीका कारण गत वर्ष हुन नसकेको सङ््घको निर्वाचन एक वर्षपछि हुन लागेको हो ।

आगामी कार्यकालको अध्यक्षका लागि हालका अध्यक्ष लिलेन्द्र प्रधान र विश्व अर्यालले उम्मेदवारी दर्ता गर्नुभएको छ । नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुने एशोशिएसनले जनाएको छ । देशभर रहेका करिब एक हजार ५०० बाट छनोट भएका ३४४ पम्प व्यवसायी निर्वाचनमा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल