2026-10-13 07:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बजार पूँजीकरण जिडिपीको हाराहारीमा

चैत २६, काठमाडौं । लगातारको वृद्धिपछि नेप्से नयाँ उचाइमा पुग्दा त्यसको सकारात्मक प्रभाव बजार पूँजीकरणमा परेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबारको कारोवारपछि बजार पूँजीकरण रु ३७ खर्ब पुगेको छ । यो नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपी) को हाराहारी हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार रु ३७ खर्ब दुई अर्ब ८१ करोड ८९ लाख ५० हजार बराबरको बजार पूँजीकरण पुगेको छ । नेप्से र कूल गार्हस्थ उत्पादनको आकार झण्डै समान भएको हो । आज नेप्से २.७४ बिन्दुले उकालो लागेर दुई हजार ६७४.३५ मा पुगेको छ । नेप्सेका उचाइ पनि हालसम्मकै माथि हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.२८ बिन्दुले घटेर ४७६.५१ मा पुगेको छ । कूल २०७ कम्पनीको एक करोड ३३ लाख ७६ हजार कित्ता शेयर रु छ अर्ब ५५ करोड ६६ लाख १६ हजार ६८० मा कारोवार भएको छ । 

कारोवार भएका कूल १३ उपसमूहमध्ये आज सात उपसमूहको शेयर उकालो लाग्दा छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १.८९, होटल तथा पर्यटन २९.७९, विकास बैंक २०.६२, वित्त ३९.४३, लघुवित्त १०६.१३, जीवन बीमा ९१.९८ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ । यस्तै व्यापार ३२.०१, जलविद्युत् २३.३३, निर्जीवन बीमा ६२.६३, उत्पादन २२.५१ र लगानी ०.४३ ले ओरालो लागेको छ । 

कारोवारका आधारमा माथिल्लो तामाकोशी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३७ करोड १३ लाख ४४ हजार ११३ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै नेपाल पूर्वाधार बैंक रु २५ करोड ५५ लाख २४ हजार १४९, नेपाल बैंक रु २४ करोड सात लाख २४ हजार ७३८, चन्द्रागिरि हिल्स रु २२ करोड ४४ लाख ११ हजार ८४४ र नबिल बैंक रु १८ करोड १७ लाख ५० हजार ९७७ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो । 

यसैगरी एनआइसी एशिया लघुवित्त ९.९४, ग्रीन लाइफ हाइड्रो ९.९२, ज्योति लाइफ इन्स्योरेन्स ९.७९, मल्टिप्रपोज फाइनान्स ९.७७ र रिलायन्स फाइनान्सका लगानीकर्ताले ९.६८ प्रतिशतले कमाए । यसैगरी, युनिभर्सल पावर ४.४२, रसुवागढी हाइड्रोपावर ४.१७, अजोड इन्स्योरेन्स ३.६५, एनआइसी एशिया ग्रोथ फण्ड ३.५७ र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ३.५४ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश