2026-10-13 07:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय बिमा संस्थानको १७ सदस्यीय कार्यसमिति चयन

 चैत्र २९, काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय बिमा संस्थानको ८ औं केन्द्रीय अधिवेशनले १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिका अध्यक्ष पदमराज रेग्मीको प्रमुख अतिथित्वमा लमजुङको घलेगाउँमा चैत्र २७ र २८ गते सम्पन्न भएको अधिवेशनले रविन्द्र श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा अर्जुन पराजुली, महिला उपाध्यक्षमा कमला बस्नेत, महासचिवमा कृष्ण प्रसाद प्याकुरेल चयन भएका छन्  । त्यस्तैगरी उप-महासचिवमा धुर्व  रेग्मी, सचिवमा वासु दाहाल, सह-सचिवमा रमेश उपाध्याय, कोषाध्यक्षमा शोभा पन्थी, सह-कोषाध्यक्षमा पशुपति दंगाल चयन भएका छन् । सदस्यहरुमा वालकृष्ण अधिकारी, विमल घिमिरे, रामप्रसाद मिश्र, हम बहादुर सरुमगर, सरिता भट्टराई, दिपेन्द्र प्रसाद गुप्ता, राजकुमार भडेल, नारायण गिरी चयन भएका छन्  ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिका अध्यक्ष पदमराज रेग्मीले संघले चाल्नुपर्ने कदमहरु, भावी रणनीति तथा युनियनको भूमिकाबारे प्रष्ट पार्दै एकाकार भई संगठनात्मक हितलाई सर्वोपरी ठानेर सम्पूर्ण कर्मचारीहरुको हकहित, वृतिविकासका लागि अगाडी बढ्न नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय बिमा संस्थानका कार्यसमितिलाई आग्रह गरे ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष धर्मराज खनालले नवनियुक्त पदाधिकारीहरुलाई मार्गदर्शन गर्दै ट्रेड युनियन र श्रम ऐनको विधान भित्र रहेर आफ्ना कार्यक्रमहरु जोडतोडका साथ आफु माताहतका कार्यालयहरुमा व्यवस्थापनसंग सामुहिक सौदावाजी गरी कार्यन्वयनमा लैजान भूमिका खेल्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश