2026-09-22 05:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नयाँ वर्षमा नेपाल टेलिकमले ल्यायो यस्तो अफर

चैत ३०, काठमाडौँ । नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा विभिन्न प्याकेज सहितको ‘स्प्रिङ अफर’ ल्याएको छ । यसअघि उपलब्ध विन्टर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित यो अफर ल्याइएको हो।

उक्त अफर अन्तर्गत प्रतिदिन ५०० एमबी डाटा २८ दिनसम्म प्रयोग गर्न सकिने छ । १४ जिबी डेटा अफर २ सय ९९ मा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यस्तै १२५ मा सबै नेटवर्कमा १ जिबी र फोरजी नेटवर्कमा थप ३ जिबी गरी जम्मा ४ जिबी डाटा अफर ल्याइएको छ । 

५ दिन प्रयोग गर्न सकिने यस अफरमा १०० मिनेट कुराकानी समेत गर्न सकिन्छ । यो अफर पनि २४सै घण्टा प्रयोग गर्न सकिन्छ । योसंगै २ घण्टासम्म असीमित डाटा प्रयोग गर्न सकिने गरी रु. ३० को अर्को अफर पनि थप गरिएको छ । 

यो अफर २४ सै घण्टा कुनैपनि समयमा उपयोग गर्न कम्पनीले जनाएको छ । कम्पनीका जिएसएम मोबाइल ग्राहकहरुका लागि जम्मा रु. २८० मा २८ दिनसम्म प्रयोग गर्न सकिने ४ जिबी डाटा प्याक अफर ल्याइएको छ । यो प्याक अन्तर्गत लिइएको ३ जिबी डाटा जुनसुकै समयमा र नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।

यसैगरी डाटा प्याक अन्तर्गतनै रु. ९५ मा १.५ जिबी डाटा प्रयोग गर्न सकिने अफर पनि उपलब्ध गराइएको छ । यो प्याक ७ दिनसम्म २४सै घण्टा प्रयोग गर्न सकिन्छ । सिडिएमए मोबाइल र वाइम्याक्स सेवाका ग्राहकहरु कम्पनीकै अन्य सेवामा रुपान्तरण हुने क्रम जारी छ ।

त्यसैले ग्राहकहरुका लागि विन्टर अफरका रुपमा उपलब्ध विभिन्न अफर र सुविधाहरुमध्ये सीमित अफरहरुलाई मात्र निरन्तरता दिइएको कम्पनीको भनाई छ । विभिन्न प्याकेज पाउन ग्राहकले १४१५ डायल गर्नुपर्ने छ।

कम्पनीकाअनुसार ‘नेपाल टेलिकम’ एप र वेबसाइटबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा किन्न सकिन्छ।  उक्त अफर अन्तर्गतका सेवाहरु भोलि मंगलबारदेखि (चैत ३१) ९० दिनसम्म उपयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी