2026-10-13 07:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरोना बीमाको ६० हजार ५८७ दाबीबापत ५ अर्ब ८५ करोड भुक्तानी

चैत्र ३१, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बीमा दाबी वापत ५ अर्ब ८५ करोड १५ लाख रुपैयाँ रकम भुक्तानी भएको छ ।

बीमा समितिले उपलब्ध गराएको चैत्र ३० गते सोमबारसम्मको तथ्यांक अनुसार कुल ६० हजार ५८७ वटा दाबी वापत सो रकम भुक्तानी भएको हो । जसमध्ये सरकारको दायित्वमा दुई अर्ब ३५ करोड १५ लाख रुपैयाँ परेको छ ।

२०७७ बैशाख ४ गतेदेखि ५० हजार रुपैयाँ र १ लाख रुपैयाँ बीमाङ्कको गरी दुई वटा कोरोना बीमालेखको बिक्री सुरु भएको थियो ।समितिका अनुसार चैत्र ३० गतेसम्म कारोना बीमा वापत कुल ९१ हजार ६७३ वटा दाबी परेका छन् । ती मध्ये दाबीका लागि आवश्यक कागजात नपुगेका १ हजार ९८९ वटा दाबीका फाइल सम्बन्धीत कम्पनीमा नै फिर्ता भएका छन्।

समितिका अनुसार १८ हजार ८५९ वटा दाबीका फाइल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी छन् । महाशाखामा अध्ययनका लागि पठाइएका ३७ हजार ३८६ वटा फाइलमध्ये १८ हजार ५२७ वटा फाइल स्वीकृत भइसकेका छन् ।

समितिका अनुसार आवश्यक अध्ययनका लागि १ हजार ४९५ वटा दाबीका फाइल लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाईने क्रममा रहेका छन् । समितिले उपलब्ध गराएको तथ्यांकअनुसार ५ हजार ४३६ वटा दाबीका फाइल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत भएका तर कोरोना बीमा पुलबाट स्वीकृत हुन बाँकी रहेका छन् ।

त्यस्तै, ६६६ वटा दाबीका फाइल पन्ध्र दिनभित्र दोहोरो आवेदनका कारण नो क्लेममा राखिएको छ । भने २ हजार २०३ वटा दाबीका फाइल प्रमाणीकरण हुने प्रक्रियामा रहेको समितिले जनाएको छ । कोरोना बीमा मापदण्डमा कोरोना बीमालेख खरिद गरेका बीमितलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको सात दिनभित्र दाबी भुक्तानी गर्नु पर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश