2026-09-22 05:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजारमा हरियाली, बजार पूँजीकरण ३७ खर्ब ८७ अर्ब

बैशाख २, काठमाडौँ । नयाँ वर्षको शुरुआतमै शेयर बजारमा हरियाली छाएको छ । लगातार उकालो लागेर बिदाइ भएको विसं २०७७ मा जस्तै यस वर्षको कारोवार भएको पहिलो दिन बजारले नयाँ रेकर्ड कायम गरेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा २०.६१ विन्दुले सुधार आई दुई हजार ७३५.३९ मा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.१७ विन्दुले सुधार आई ४९२.४४ मा पुगेको छ । 

कूल २१८ कम्पनीका एक करोड ९० लाख २० हजार ५२८ कित्ता शेयर रु आठ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६५९ मा कारोवार भएको छ । बिहीबारको कारोवारपछि बजार पूँजीकरण रु ३७ खर्ब ८७ अर्ब ५० करोड ९० लाख सात हजार बराबर पुगेको छ । कारोवार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा ११ उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार ९९.६५ र जलविद्युत् ८.९७ विन्दुले ओरालो लागेको छ । यस्तै बैंकिङ २३.०४, होटल तथा पर्यटन १०.५, विकास बैंक ९०ं१८, वित्त २८.३९, निर्जीवन बीमा ९.०३, उत्पादन ४३.२७, अन्य ३.३, लघुवित्त ६.१४, जीवन बीमा ४५.६८, सामूहिक लगानी कोष ०.०५ र लगानी १.५९ विन्दुले उकालो लागेको छ । 

कारोवारका आधारमा आज एनआइसि एशिया लघुवित्त शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४९ करोड ८९ लाख ६३ हजार ९९८ बराबरको कारोवार भयो । यस्तै नेपाल पूर्वाधार बैंक रु ४९ करोड ८७ लाख ३४ हजार २७३, एनआइसि एशिया बैंक ३२ करोड ६२ लाख ८० हजार ९४४, नेपाल बङ्गलादेश बैंक रु २४ करोड ७९ लाख ३७ हजार २५७, नबिल बैंक रु २३ करोड १५ लाख ६७ हजार ३२१, ग्लोबल आइएमई बैंक रु २० करोड १८ लाख ३६ हजार १४, कुमारी बैंक रु १९ करोड ८२ लाख ३६ हजार ७७१, हिमालयन डिस्टिलरी रु १६ करोड पाँच लाख ७० हजार १९६, प्रभु बैंक रु १५ करोड ४० लाख २४ हजार ५१० र मेगा बैंक रु १४ करोड ७५ लाख बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

यस्तै कारोवारका आधारमा वेस्ट फाइनान्स १०, एनआइसि एशिया लघुवित्त ९.९५, महिला लघुवित्त ९.९२, ज्योति लाइफ इन्स्योरेन्स ९.९२, ग्रीन डेभलपमेन्ट बैंक ९.६८, छ्याङ्दी पावर ९.६७, कर्णाली डेभलपमेन्ट बैंक ९.६४, सप्तकोशी डेभलपमेन्ट बैंक ९.५७ र सिन्धु विकास बैंकका लगानीकर्ताले ८.९४ प्रतिशतले कमाए । 

त्यस्तै मल्टीप्रपोज फाइनान्स ३.६७, नेशनल माइक्रोफाइनान्स ३.५२, स्वाभिमान लघुवित्त ३.४६, साल्ट टे«डिङ कर्पोरेशन २.७०, मितेरी डेभलपमेन्ट बैंक २.५६, साधना लघुवित्त २.४४, नेशनल हाइड्रोपावर २.४१, प्रभ बैंकको ऋणपत्र १.९३ र सनराइज बैंकको ऋणपत्रका लगानीकर्ताले १.८५ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी