पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>वैशाख ८, काठमाडौँ ।</b> बुधबार नेपालमा सुनको मूल्य एकै दिन १३ सयले बढेको छ । मंगलबार ९० हजार ७ सय रुपैंयामा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजारमा कारोबार भएको हो ।<br></p><p>यस्तै आज तेजाबी सुन ९१ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार ९१ हजारमा कारोबार भएको सुनको मूल्य मंगलबार ३ सयले घटेर ९० हजार ७ सयमा कारोबार भएको थियो ।</p><p>यसैबीच आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार १३ सयमा कारोबार भएको चाँदी १० रुपैंयाले बढेर १ हजार ३ सय १० मा कारोबार भएको महासंघले जनाएको छ । </p>

