साउन २५, सिन्धुली । छ महिना अघिसम्म पोखरी– ३ लुम्तीकी ३५ वर्षीया खिनाकुमारी पहाडी जाँतो पिस्ने गर्नुहुन्थ्यो । उज्यालो हुँदा एक डालो चामल परम्परागत ढुङ्गाको जाँतोबाटै पिस्नु पर्दा उहाँको हात, पाखुरी र कम्मर दुःख्ने समस्या हुन थालिसकेको थियो ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, सिन्धुली । छ महिना अघिसम्म पोखरी– ३ लुम्तीकी ३५ वर्षीया खिनाकुमारी पहाडी जाँतो पिस्ने गर्नुहुन्थ्यो । उज्यालो हुँदा एक डालो चामल परम्परागत ढुङ्गाको जाँतोबाटै पिस्नु पर्दा उहाँको हात, पाखुरी र कम्मर दुःख्ने समस्या हुन थालिसकेको थियो । 
2026-06-20 11:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवीकरणीय ऊर्जाले फेरिँदै जीवन

2016-08-09

साउन २५, सिन्धुली । छ महिना अघिसम्म पोखरी– ३ लुम्तीकी ३५ वर्षीया खिनाकुमारी पहाडी जाँतो पिस्ने गर्नुहुन्थ्यो । उज्यालो हुँदा एक डालो चामल परम्परागत ढुङ्गाको जाँतोबाटै पिस्नु पर्दा उहाँको हात, पाखुरी र कम्मर दुःख्ने समस्या हुन थालिसकेको थियो । 

त्यतिमात्र होइन पहाडीलाई साँझ बिहान टुकीकै उज्यालोमा धुवाँमा खान पकाउनेलगायतका घरधन्दा गर्नुपर्ने बाध्यता थियो । उहाँको स्वास्थ्यमा गम्भीर असर पर्दै गएको थियो । तर, गाउँमा स्थानीयवासीकै पहलमा ग्रामीण लघु जलविद्युत् सञ्चालन आएपछि हिजोआज पहाडीको जीवनस्तर फेरिएको छ ।

घरमा बिजुली बत्ती जडान गर्दै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा आधुनिक प्रविधिको विद्युतीय मिल सञ्चालन तथा सुधारिएको चुलो निर्माण गरेपछि उहाँलाई सहज भएको हो । “गाउँमा बत्ती बलेपछि आधारातमै उठेर जाँतो पिस्नु पर्दैन,” उहाँले भन्नुभयो । सुधारिएको चुलो बनाएपछि धुवाँमा बसेर घरभित्रको काम गर्नुपर्ने बाध्यतासमेत हटेको छ । 

गाउँमा सुधारिएको नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगले समयको बचतसँगै आम्दानी समेत हुन थालेको छ । पिसानी मिलबाट मकै कोदो पिस्दा आम्दानी हुन थालेको पहाडीको भनाइ छ । धुवाँमा बस्नुपर्ने बाध्यताको अन्त्य हुँदा खोकी लाग्ने, दम बढ्ने, आँखा दुख्ने जस्ता समस्या कम हुँदैे गएको छ । 

पहाडीको मात्र हैन पछिल्लो समय जिल्लामा नवीकरणीय ऊर्जाको प्रयोगले महिलाको जीवनमा परिवर्तन आउन थालेको छ । जिल्लामा सञ्चालनमा आएका लघु जलविद्युत्, सुधारिएको चुलो, साना जलविद्युत्, सुधारिएको पानी घट्ट, साना घरेलु सौर्य ऊर्जा प्रणाली, घरेलु बायोग्यास प्लान्टलगायतका नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगले महिलाको जीविकामा परिवर्तन आउनुका साथै समयको बचत हुनथालेको छ । 

जिल्लामा पछिल्लो समय नवीकरणीय ऊर्जा प्रविधिको प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएसँगै महिला तथा बालबालिकाको स्वास्थ्यमा सुधार आउनुका साथै समयको बचत र आम्दानीको स्रोत समेत बन्न थालेको छ । जिल्लाको कुल ५७ हजार ७०० घरधुरीमध्ये २५ हजार ९२९ घरधुरीमा नवीकरणीय ऊर्जा प्रयोग गरिएको जिविसअन्तर्गत ऊर्जा तथा वातावरण शाखाका प्रमुख सन्दिप उपाध्याय बताउनुहुन्छ । 

वैकल्पिक नवीकरणीय ऊर्जा प्रविधिले परम्परागत चुलोमा खाना पकाउन दैनिक दाउरा सङ्कलन गर्नुपर्ने, ढिकी जाँतो चलाउनुपर्ने, दियालो खोटो, तथा मट्टीतेलबाट बत्ती बाल्नुपर्ने, धुवाँमा गुम्सेर घरधन्दा गर्नुपर्ने बाध्यता हटेको छ । जिल्लाका अमले, भुवनेश्वरी र वितिजोर घरभित्रको घुवाँमुक्त गाविस घोषणा भइसकेका छन् । 

जिल्लामा लघु जलविद्युतबाट तीन हजार २३३ घरधुरी, सुधारिएको पानी घट्टाबाट १८ हजार १५६, साना घरेलु सौर्य ऊर्जा प्रणालीबाट १३९, सामुदायिक सौर्य विद्युत् पम्पबाट २२१, घरेलु बायोग्यास प्लान्टबाट आठ हजार ३९६ र सुधारिएको चुलोबाट १३ हजार ५७२ घरधुरीका महिलाको जनजीविकामा सुधार ल्याएको जिविसले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ