2026-09-22 04:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

वैशाख ९, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । पछिल्ला दिनमा लगातार ओरालो लागेको नेप्सेमा बिहिबार भने सुधार देखिएको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार १५.८० अङ्कले बढेर दुई हजार ६४८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.२१ अङ्कले बढेर ४७६.६० मा पुगेको छ । कूल २१४ कम्पनकिो एक करोड ३० लाख ३२ हजार ८२३ कित्ता शेयर रु पाँच अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८८८ मा खरिद बिक्री भए । बिहिबारको कारोवारपछि बजार पूँजीकरण रु ३६ खर्ब ६६ अर्ब ६९ करोड ९१ लाख ९० हजार बराबर पुगेको छ । 

कारोवार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लागे भने ११ उपसमूहका शेयर उकालो लागेका छन् । होटल तथा पर्यटन ५२.९२ र सामूहिक लगानी कोष ०.०६ विन्दुले ओरालो लाग्यो । यस्तै, बैंकिङ ९.२२, व्यापार ११.१२, विकास बैंक ३८.१७, जलविद्यत् ४.९८, वित्त १.४१, निर्जीवन बीमा ११४.९, उत्पादन ४७.२८, अन्य २१.३१, लघुवित्त ५३.१९, जीवन बीमा ११४.०६ र लगानी ०.१७ बिन्दुले उकालो लागेको छ । 

कारोवारका आधारमा एनसिसी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ६२ करोड २७ लाख ७९ हजार ८५० बराबरको कारोवार भयो । यस्तै, नेपाल पूर्वाधार बैंक रु २५ करोड ८७ लाख ४८ हजार ३४८, एनआइसि एशिया लघुवित्त रु २१ करोड ३५ लाख ७९ हजार, एचआइडिसिएल रु १९ करोड ५३ लाख ६४ हजार ८७५, नबिल बैंक रु १६ करोड २२ लाख ५३ हजार ९५७, माथिल्लो तामाकोशी रु १३ करोड ४८ लाख ७५ हजार २००, नागरिक लगानी कोष रु १२ करोड ४९ लाख ३४ हजार ७६२ र एनआइसि एशिया बैंक रु ११ करोड २१ लाख ९३ हजार बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

यसैगरी, विशाल बजार कम्पनी र सिन्धु विकास बैंकको शेयरमा समान १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । महिला लघुवित्त ९.९७, ग्रीन डेभलपमेन्ट बैंक ९.९५, ज्योति लाइफ इन्स्योरेन्स ९.९३, एनसिसी बैंक ९.८४, सप्तकोशी डेभलपमेन्ट बैंक ६.८४, आइएमई जनरल इन्स्योरेन्स ५.५८ र एनआरएन इन्फ्रास्टकचरका लगानीकर्ताले ५.३८ प्रतिशतले कमाए । 

हिमालयन ऊर्जा विकास कम्पनी ३.४४, पञ्चकन्या माई हाइड्रोपावर २.५६, मन्जुश्री फाइनान्स २.४५, हिमाल दोलखा हाइड्रोपावर २.३८, चन्द्रागिरि हिल्स २.२९, नेपाल हाइड्रो डेभलपर २.२३, रिडी हाइड्रोपावर २.२०, गुर्खाज फाइनान्सका लगानीकर्ताले १.७९ प्रतिशतले गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी