2026-10-13 05:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरोनाका कारण यस वर्ष रोजगारी थप घट्ने अनुमान

बैशाख १३,  काठमाडौं । कोभिड-१९ (कोरोना भाइरस) का कारण सन् २०२० मा विश्वमा झण्डै २ करोड ५० लाख रोजगारी गुमेको र सन् २०२१ मा थप १ करोड ३० लाख रोजगारी गुम्ने प्रक्षेपणका वीच अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) ले रोजगारी सुरक्षा र रोजगारी सिर्जनामा जुट्न आव्हान गरेको छ । कोभिड पश्चातको संकटसँग जुध्न रोजगारी सिर्जनालाई प्राथमिकता दिन आइटीयूसीले विश्वका सवै देशका सरकारहरुलाई आव्हान गरेको हो ।

यसका लागि सार्वजनिक लगानी वृद्दि गर्न, सार्वजनिक क्षेत्रमा लगानी वृद्दि गर्दै रोजगारी वृद्दि गर्न, गुणस्तरीय रोजगारी सिर्जना गर्न, तालिम र शिक्षामा लगानी गर्न तथा अनौपचारिक क्षेत्रको रोजगारीलाई औपचारिक बनाउन आइटीयूसीले माग गरेको छ ।

विश्वका कतिपय मुलुकहरुले छोटो समयको रोजगारी सिर्जनामा महत्वपूर्ण काम गरेको भन्दै आइटीयूसीले यसले तत्कालिन रुपमा बेरोजगारी कम गर्न मद्दत गरेको, महामारीको समयमा कार्यसमय घट्न सक्ने जोखिम रोकेको भन्दै तर यसलाई दिगो बनाउन राष्ट्रिय रोजगार योजनाहरु बनाउन ढिला गर्न नहुने धारणा राखेको छ ।

आइटीयूसीले रोजगारी सिर्जनासँगै संगठित हुन पाउने र सामुहिक सौदावाजीको अधिकार, सामजिक सुरक्षा, समान कामको लागि समान ज्याला लगायत यकिन गर्न पनि माग गरेको छ ।

अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) विश्वका विभिन्न मुलुकमा कृयाशिल ट्रेड यूनियन महासंघहरुको छाता संस्था हो । यसको मुख्यालय बेल्जियममा रहेको छ । यसले विश्वभरी श्रमिकको अधिकार स्थापित गर्नका लागि दवावकारी अभियानहरु सञ्चालन गर्ने, नीतिगत सुधारका लागि पहल, पैरवी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा