2026-09-22 04:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वाणिज्य विभागको सेवा प्रवाह एक साता स्थगित

वैशाख १३, काठमाडौँ । बजार अनुगमनको नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । विभागले आज सूचना जारी गर्दै ‘कोभीड–१९ को बढ्दो सङ्क्रमणका कारण बजार अनुगमन, आपूर्ति तथा उपभोक्ता संरक्षण शाखा तथा निकासी पैठारी इजाजत तथा सहजीकरण शाखाबाट प्रवाह हुने सेवाबाहेकका अन्य सम्पूर्ण सेवा आजदेखि यही वैशाख १९ गतेसम्मका लागि स्थगन गरिएको जनाएको छ ।  

विभागका प्रवक्ता शिवराज सेढाईँले भन्नुभयो,  “विभागमा सेवाग्राहीको भीडभाड हुँदा सङ्क्रमणको जोखिम थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अतिआवश्यकबाहेकका सबै सेवा प्रवाह बन्द गरेपछि प्रशासनकै आग्रहमा हामीले सेवा प्रवाह स्थगन गरेका हौँ । भीडभाड बढी हुने काम रोकिए पनि बजार अनुगमनलगायतका काम  हुन्छ”, उहाँले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी