2026-10-13 05:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एउटा पुनर्बीमा कम्पनी थपिंदै, लाइसेन्स दिन बीमा समितिले माग्यो आवेदन

वैशाख १६, काठमाडौँ । बिमा समितिले पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन माग गरेको छ । समितिले आज एक सूचना जारी गरी नेपालमा थप एक पुनर्बीमा कम्पनी आवश्यक भएको भन्दै आवेदन आह्वान गरेको हो ।

पुनर्बीमा व्यवसायलाई थप प्रतिष्पर्धी,  प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक भएकाले निजी क्षेत्रका लगानीमा थप एक पुर्नबीमा कम्पनी स्थापनाका लागि इच्छुक व्यक्ती तथा लगानीकर्ता संस्थाका लागि आह्वान गरिएको हो ।

पुनर्बीमा कम्पनीको प्रस्ताव गर्दा चुक्ता पुँजी कम्तीमा १० अर्ब हुनुपर्नेछ । साथै हाल नेपालमा एउटमा मात्रै पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा छ । नयाँ आवेदनकले हाल सञ्चालन भइरहेको उक्त कम्पनीमा लगानी गरेको भए आवेदन दिन नपाउने समितिको भनाइ छ ।

साथै समितिले यसअघि पुनर्बीमा कम्पनीका लागि समितिमा दर्ता भएका सबै आवेदन रद्द गरिएको समितिले जानकारी दिएको छ । समितिले एउटा मात्रै पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने तयारी गरेको हो ।

इच्छुकले सूचना प्रकाशित भएको २१ दिनभित्र दिउँसो १२ बजेसम्म रितपूर्वक भरेको आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा