2026-08-25 01:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विकट गाउँमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा, स्थानीयवासी उत्साहित

कृष्ण दवाडी । वैशाख १७, कास्की। जिल्लाको विकट क्षेत्र मानिने मादी गाउँपालिका–१० थुम्सीकोटमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा शुरु भएपछि स्थानीयवासी उत्साहित भएका छन् । सो प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले तीन जना एमबिबीएस चिकित्सकले उपचार सेवा प्रदान गर्न शुरु गरेसँगै १२ वडा रहेको गाउँपालिका र छिमेकी जिल्ला लमजुङको उत्तर पश्चिमी क्षेत्रका नागरिकले समेत स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

विसं २०७२ देखि आधारभूत स्वास्थ्य सेवा दिइँदै आइएकामा यस वर्षदेखि गाउँपालिकाले स्रोत व्यहोर्ने गरी एक र नेपाल सरकारको छात्रवृत्तिबाट दुई गरी तीन जना चिकित्सकले सेवा दिन शुरु गरेको गाउँपालिकाका प्रमुख  प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बताउनुभयो । हालै मात्र नेपाल सरकारको रु सात करोड ७१ लागतमा प्राथमिक स्वास्थ्य केन्द्रको सुविधासम्पन्न भवन निर्माण भएर सोही भवनबाट सेवा शुरु भएसँगै उपचार सेवा प्रवाहमा सहज भएको बताइन्छ । यसअघि भाडाको घरबाट सेवा दिइएको थियो । 

सडक पूर्वाधार र पोखरासँगको पहुँचका हिसाबले विकट गाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा प्रवाह भएपछि स्थानीयवासी खुःशी छन् । स्थानीय महिला सञ्जालका अध्यक्ष सिर्जना अर्यालले जिल्लाको दुर्गम भेग भनेर चिनिएको ठाउँमा सुविधासम्पन्न अस्पतालको सेवा शुरु भएसँगै उपचार अभावमा अकालमा ज्यान गुमाउनुपर्ने दुःखद् अवस्थाको अन्त्य भएको बताउनुभयो ।

विगतमा गाउँमा स्वास्थ्य सेवा नहुँदा बिरामीलाई पोखरासम्म पु¥याउन सास्ती व्यर्होनुपरेकामा हाल गाउँमै उपचार भएपछि आफूहरू लाभान्वित बनेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सामान्य उपचार नआउँदा विगतमा हाम्रा दिदीबहिनी दाजुभाइले ज्यान गुमाउनुको पीडा हाम्रा आँखै अगाडि ताजै छ । अब गाउँमै अस्पताल बनेपछि हामी औधी खुःशी भएका छौँ, मादीको मुहार नै परिर्वतन भएको छ ।” गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोपालचन्द्र बरालले ४६ कोठाको स्वास्थ्य केन्द्रमा दुई प्राइभेट र १२ जनरल गरी १४ शय्या सञ्चालनमा रहेको जानकारी दिनुभयो । 

उहाँका अनुसार स्वास्थ्य केन्द्रबाट एक्सरे, इसिजी, प्रयोगशाला सुविधा उपलब्ध भइरहेकामा केही महिनाभित्रमा भिडियो एक्सरे सेवा शुरु गर्ने तयारी छ । सो स्वास्थ्य केन्द्रमा हाल तीन एमबिबीएस चिकित्सक, अहेव तीन, स्टाफ नर्स एक, प्रयोगशाला प्राविधिक एक र कार्यालय सहयोगी तीन जना कार्यरत छन् ।

गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम)ले प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान गरिने उपचार सेवालाई विस्तार गर्दै लगिएकाले पूर्वी मादीका जनतालाई सहज भएको बताउनुभयो । नेपाल सरकारको ‘एक स्थानीय तह एक अस्पताल’को योजनाअनुसार मादीकै वडा नं ७ को छाचोक (खन्टारी) मा १५ शय्याको स्वास्थ्यचौकी निर्माणको शिलान्यास भइसकेकाले मादीका सबै वडाका नागरिकलाई सहजरूपमा गाउँमै स्वास्थ्य उपचार सेवा  उपलब्ध हुने अध्यक्ष गुरुङको भनाइ छ ।

उहाँले भन्नुभयो, “पछाडि परेको गाउँपालिकामा अहिले विकासले गति लिएको छ । स्वास्थ्य संस्थासहित पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरेका थियौँ । यसको परिणामसमेत देखिँदै गएको छ, जनताले परिर्वतनको अनुभूति गरेका छन् ।” गाउँपालिकाले यसै वर्ष दुईवटा एम्बुलेन्सको व्यवस्था गरेको छ । एउटा गाउँपालिकाको आन्तरिक स्रोतबाट खरिद गरिएको र अर्को भारतीय राजदूतावासको सहयोगमा एम्बुलेन्स सेवा गाउँमा शुरु गरिएको प्रशासकीय अधिकृत सापकोटाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जनतालाई अस्पतालसम्म पुर्याउन सहज होस् भनेर यसै वर्र्ष दुईवटा एम्बुलेन्सबाट सेवा दिन शुरु गरेका छौँ । एउटा गाउँपालिकामा र अर्को प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको छ । आवश्यकतानुसार जनताको सेवामा सहुलियत दरमा प्रयोग गर्ने गरिएको छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार