वैशाख १९, काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबारको विदेशी विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिद ११८ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रीदर ११८ रुपैयाँ ८० पैसा रहेको छ ।

त्यस्तै, यूरोपिएन यूरो एकको खरिद १४२ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रीदर १४३ रुपैयाँ ६५ पैसा रहेको छ ।

बैंकका अनुसार यता, जापानी यन १० को नेपाली खरिददर १० रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्रीदर १० रुपैयाँ ९१ पैसा रहेको छ । आइतबार चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रीदर १८ रुपैयाँ ३७ पैसा रहेको छ ।

यता खाडी मुलुकहरुको विदेशी मुद्रा विनिमयदर अनुसार आज साउदी अरबिया रियाल एकको खरिददर ३१ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपैयाँ ६८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रीदर ३२ रुपैयाँ ६३ पैसा रहेको छ ।