2026-10-13 04:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुस्तामा अक्सिजन सहितको १५ शैया आइसोलेशन कक्ष तयार

श्याम थापा | वैशाख २३, सुस्ता | पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले अक्सिजन सहितको आइसोलेशन कक्ष तयार गरेको छ ।

छिमेकी राष्ट्र भारत मात्र नभइ नेपालमा पनि नयाँ भेरिएन्टको रुपमा रहेको कोरोना भाइरस तिब्र रुपमा बढन थालेपछि सुस्ता गाउँपालिकाले १५ शैयाको अक्सिजन सहितको आइसोलेशन कक्ष सुस्ताको वडा न.५ पकलिहवा स्वास्थ्य चौकीका लागी बनेको नयाँ भवनमा तयार गरेको हो ।

कोरोना महामारीको अस्थामा देशमा रहेका अस्पतालहरुमा बेडको अभाव भएको र कतैपयले त उपचार नपाएर मृत्युको मुखमा पुग्नु पर्ने बाध्यतालाई मध्यनजर गर्दै अक्सिजन सहितको १५ शैयाको आइसोलेशन कक्ष तयार गरिएको पालिका अध्यक्ष पाण्डेयले बताएका छन ।

पालिकाले तयार गरेको आइसोलेशन कक्षमा मेडिकल टिम सहित आवश्यक पर्ने अक्सिजन,अन्य स्वास्थ्य सामग्री तथा औषधीको पनि ब्यवस्था गरिएको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रसाद बस्यालले सुस्ता सन्देशलाई बताए ।

तयार गरिएको अक्सिजन सहितको आइसोलेशन कक्षको अनुगमन गर्दै पालिका अध्यक्ष पाण्डेयले सुस्तामा कोरोनाको संक्रमितबाट सामन्य अवस्थामा रहेका ब्यक्तिहरुलाई होम आइसोलेशनमा राख्ने र अवस्था केही गम्भिंर हुन थालेपछि पालिकाले निर्माण गरेको अक्सिजन सहितको आइसोलेशन कक्षबाट उपचार गरिने अध्यक्ष पाण्डेयले बताए ।

साथै पालिका अध्यक्ष पाण्डेयले अति आवश्यक काम बाहे अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कन र पालिका भित्रमा कुनै किसिमको भिडभाड नगर्न र कोरोना भाइरसबाट बच्नका लागी स्वास्थ्य मापदण्ड पालना गरि सचेत रहन पनि सुस्ताबासीहरुलाई आग्रह गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली