Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

सुनचाँदीको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>वैशाख २४, काठमाडौं ।</b> सुनको भाउ आज पनि बढेको छ । सुन आज तोलाको ९१ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।<br></p><p>हिजो तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एकैदिन तोलामा एघार सय रुपैयाँ बढेको हो । अस्ति बुधवार सुन तोलामा ९० हजार तीन सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि बढेको छ ।</p><p>हिजो तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा १३ सय ५० रुपैयाँ कायम गरिएको महासङ्घले जनाएको छ ।</p>