पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>वैशाख २६, काठमाडौँ ।</b> साताको पहिलो दिन आज आईतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सयले बढेर ९१ हजार ८ सय रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन पनि १सय रुपैयाँले बढेर ९१ हजार ३ सय रुपैयाँ प्रतितोला पुगेको छ ।<br></p><p>आज चाँदीको भाउ भने ५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । </p><p>नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ७ सय ५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार २ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ५३ रुपैयाँ कायम गरेको छ ।</p>

