पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख २६, काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अइपुग्दा अजोड इन्सुरेन्सले ६ करोड ११ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमाभन्दा ७३.८६% ले बढी हो ।

अघिल्लो वर्ष यसैअवधिमा यसले ३ करोड ५१ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद बिमा शुल्क र बिमा कोषको आकार पनि बढेको छ ।

बिमा कोषको आकार ९३.०५% ले बढेर ९ करोड २९ लाख २५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसको बिमा कोषको आकार ४ करोड ८१ लाख ३५ हजार रुपैयाँ रहेको थियो । खुद बिमा शुल्क ६१.६४% ले बढेर २९ करोड ९० लाख ४ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ १५ पैसा छ । अजोड इन्सुरेन्सले यसै वर्ष आइपीओ जारी गरेको हो ।